site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
अध्यागमनका कर्मचारीलाई गृहमन्त्रीले भने– अलि ‘स्मार्ट’ र ‘स्माइलिङ’ हुनुपर्‍यो

काठमाडौं । गृहमन्त्री रमेश लेखकले अध्यागमन मुलुकको अनुहार भएको बताएका छन् । मंगलबार बिहान काठमाडौंस्थित अध्यागमन विभागको निरीक्षण गर्दै उनले मुलुकभित्र प्रवेश गर्ने प्रत्येक मानिसले सबैभन्दा पहिला नेपालीका रूपमा भेट्ने अध्यागमन कर्मचारीलाई भएको उल्लेख गरे ।

“तपाईंहरूलाई भेट्नेबित्तिकै नेपाल कस्तो छ, नेपाली कस्ता छन् भन्ने कुरा त्यहीबाट प्राप्त हुन्छ,” उनले भने, “त्यो भाव र भावनाका साथ काम गर्नुस् ।”

देशभन्दा बाहिर जाने मानिसलाई बिदाइ गर्ने अन्तिम नेपाली पनि अध्यागमनकै कर्मचारी भएको उनको भनाइ थियो । “अलि ‘स्मार्ट’ र ‘स्माइलिङ’ पनि हुनुपर्‍यो,” उनले भने, “गलत ढंगले मान्छे आउने र जाने कुरामा कर्मचारीको संलग्नता देखिए कारबाही गरे हुन्छ ।”

पछिल्लो समय मानव बेचबिखनका घटना बढेको सुन्नमा आएको उनले बताए । त्यसलाई रोक्न सचेततापूर्वक खटिन उनले कर्मचारीलाई निर्देशन दिए । “मानव बेचबिखन पूर्ण रूपमा रोकिनुपर्छ,” उनले भने, “अवाञ्छनीय गतिविधि स्वीकार्य छैन ।”

गृहमन्त्री लेखकले अध्यागमनसम्बन्धी विधयेक संशोधनका निम्ति एक महिनाभित्र मन्त्रालयमा प्रस्ताव पेस गर्न आग्रह समेत गरे । राम्रो कानुन बनाएर त्यसबमोजिम काम गर्दा मुलुकमा सुशासन कायम हुने उनले विश्वास व्यक्त गरे ।

“संशोधन गर्नुपर्ने कानुन, नियम र कार्यविधि ल्याउनुस्,” उनले भने, “कानुन निर्माणको विषय मेरो धेरै बढी चासो, रुचि र अनुभवको विषय भएकाले यसका लागि यो उपयुक्त समय हुनसक्छ ।”

१६ वर्षअघि आफू श्रममन्त्री हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘श्रम डेस्क’ राखिएको उनले स्मरण गरे ।

उनले दार्चुलाको तिंकर र मुस्ताङको कोरलामा अध्यागमन कार्यालय तत्काल स्थापनाका निम्ति प्रक्रिया अगाडि बढाउन निर्देशन दिए ।

कोरोनापछि नेपाल–भारतका नाकामा विदेशीलाई आवागमनमा गरिएको अवरोध हटाएर पूर्ववत् अवस्थामा फर्काउने विषयमा भारतीय पक्षसँग सकरात्मक छलफल भएको गृहमन्त्री लेखकको भनाइ थियो ।

सुदूरपश्चिम प्रदेशमा दक्षिण–उत्तर जोड्ने महाकाली करिडोर, दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माणको योजना अघि बढाइएको उनले बताए । उनले तिंकरमा अध्यागमन कार्यालयको आवश्यकता औँल्याए ।

त्यसक्रममा गृहसचिव एकनारायण अर्यालले अन्तरनिकायबीच समन्वय हुनुपर्नेमा जोड दिए । अध्यागनमा कर्मचारीको क्षमता वृद्धिसँगै भौतिक संरचना निर्माण क्रमशः हुँदै गइरहेको उनले बताए । गृह, पर्यटनलगायत निकायबीच समन्वय र राम्रो व्यवहार हुनुपर्ने उनको भनाइ थियो ।

अध्यागन विभागका महानिर्देशक केशहरि निरौलाले आफूहरूले गरिरहेको काम–कारबाही, भावी योजना र चुनौतीका विषयमा जानकारी गराएका थिए ।

प्रकाशित मिति: मंगलबार, साउन ८, २०८१  १२:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro