site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
को बन्लान् डेमोर्क्र्याटिक पार्टीबाट उपराष्ट्रपतिका उमेदवार ? यी हुन् चार नाम

वासिङटन । अमेरिकामा डेमोर्क्र्याटिक पार्टीका तर्फबाट राष्ट्रपति पदका निम्ति कमला ह्यारिसको नाम अगाडि सारिएसँगै उपराष्ट्रपतिको उमेदवार को भन्ने चर्चा गर्न थालिएको छ ।

ह्यारिसले कसैको नाम लिइसकेकी छैनन् । अन्तिम मनोनयन स्वयं ह्यारिसकै पनि शिकागोमा हुने पार्टीको सम्मेलनले तय गर्नेछ । उपराष्ट्रपतिका निम्ति केही नाम चर्चामा छ ।

Dabur Nepal
NIC Asia

चर्चामा केन्टुकीका गभर्नर आन्डी बेशियरको नाम पनि छ । रिपब्लिकनको बलियो अवस्था भएको स्थानमा यसअघि उनले डोनाल्ड ट्रम्पले छानेको उमेदवारलाई पराजित गरेका थिए ।

उनले गत वर्ष महान्यायाधिवक्ता रहिसकेका डेनियल क्यामरुनलाई पराजित गरेका थिए । उनले रेकर्ड कायम हुने खालको केन्टुकीमा आर्थिक वृद्धि गरेको बताइएको छ । अनुशासित पनि मानिने ४६ वर्षीय उनी दुई कार्यकाल केन्टुकीको गभर्नर भइसकेका स्टेभ बेशियरका छोरा हुन् । उनी गर्भपतनका समर्थक हुन् ।

अर्का सम्भावित दाबेदार हुन्, नर्थ क्यारोलिनाका गभर्नर रोय कुपर । ६७ वर्षीय उनको जब एप्रोभल रेटिङ बलियो मानिन्छ । उनले गएका दुई दशकमा ६ राज्यस्तरका चुनाव जितेका छन् । उनी गर्भपतनका पक्षधर हुन् । ट्रम्पले स्टेट इलेक्टोरल मत जितेको भए पनि उनी सन् २०२० मा ४.५ प्रतिशत प्वाइन्टसहित पुननिर्वाचित भएका थिए ।

अर्का दाबेदार हुन्, एरिजोनाका सिनेटर मार्क केली । उनी पूर्वअन्तरिक्षयात्री र नाभी क्याप्टेन पनि हुन् । उनी २०२० देखि एरिजोनाका सिनेटर छन् । रिपब्लिकनको वर्चस्व भएको राज्य भए पनि त्यहाँ उनको राम्रो प्रभाव मानिन्छ । ६० वर्षीय उनले २०१३ मा अमेरिकन्स फर रेस्पोन्सिबल सोलुसन नामक संस्थामार्फत बन्दुकबाट सिर्जित हिंसाको समाधानबारे मिसन चलाएका थिए ।

अर्का व्यक्ति हुन्, पेन्सिलभानियाका गभर्नर जोश शापिरो । ५१ वर्षीय उनले राज्यस्तरका तीन चुनाव जितिसकेका छन् । ऊर्जा क्षेत्रमा राज्यमा उनले राम्रो काम गरेको मानिन्छ । उनी पेन्सिलभानियामा गर्भपतन मामिलाका कट्टर प्रस्तावक मानिन्छन् । एपीबाट ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ८, २०८१  १०:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro