site stats
बाह्रखरी :: Baahrakhari
देश
रुकुम पश्चिममा पाँच किलो अफिमसहित ट्रक चालक पक्राउ

त्रिवेणी (रुकुम पश्चिम) । रुकुम पश्चिममा लागुऔषध अफिससहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले आठबिसकोट नगरपालिका–१४ छेपारेबाट सल्यान कुमाख गाउँपालिका–५ का ३२ वर्षीय मदनप्रकाश गिरीलाई पक्राउ गरेको हो ।

छेपारेस्थित भेरी करिडोर सडक खण्डमा गस्तीमा खटिएको प्रहरी टोलीले सवारी साधन चेकचाँचका क्रममा पाँच किलो ५४५ ग्राम लागुऔषध अफिमसहित गिरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक बखतबहादुर शाहीले जानकारी दिए ।

Argakhachi Cement Island Ad

उनका अनुसार शनिबार राति ९ बजे गोतामकोटबाट नेपालगञ्जतर्फ जाँदै गरेको गिरीले चलाएको भे१क १७८० नम्बरको ट्रकमा लागुऔषध अफिम प्रहरीले फेला पारेको हो । सिटको मुनी चामलको बोरामा लुकाएर राखेको अवस्थामा प्रहरीले अफिम फेला पारेको हो । 

चालक गिरीलाई जिल्ला अदालतबाट सोमबार १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । रासस

प्रकाशित मिति: सोमबार, साउन ७, २०८१  २१:४९
प्रतिक्रिया दिनुहोस्