site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
‘वैदेशिक रोजगार बचतपत्र’मा देखिएन आकर्षण

काठमाडौं । वैदेशिक रोजगारीमा गएकाहरूका निम्ति निष्कासन गरेको ‘वैदेशिक रोजगार बचतपत्र’मा आकर्षण देखिएको छैन । 

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले गत वैशाख २३ गतेदेखि जेठ २२ गतेसम्म आवेदन माग गरेको थियो । जसमा ४५ जनाले पाँच करोड १६ लाख २० हजार रुपैयाँको बचतपत्र खरिदका लागि आवेदन दिए । 

वैदेशिक रोजगारीमा गएकाहरूले दश देशबाट आवेदन दिएका छन् । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार कतिपयका परिवारले नेपालबाट पनि आवेदन दिएका छन् । विदेशमा काम गर्न गएका पाँच परिवारले मात्र नेपालमा बचतपत्र खरिदका लागि आवेदन दिएका छन् । नेपालबाट ७० लाख रुपैयाँको बचतपत्र खरिद भएको छ । 

वैदेशिक रोजगारीमा गएका नेपाली नागरिक, रोजगारबाट फर्किएको ६ महिना नपुगेका र उनीहरूका बुवा, आमा, श्रीमती, छोरा र छोरीले पनि यो बचतपत्रमा आवेदन दिन सक्ने व्यवस्था थियो । 
 
गैरआवासीय नेपाली नागरिकले आफू वा आफ्ना परिवारका सदस्यहरू बुबा, आमा, श्रीमती, छोरा र छोरीको नाममा पनि बचतपत्र खरिद गर्न सक्ने व्यवस्था गरिएको थियो ।

सरकारले पाँच वर्ष अवधिको एक अर्ब रुपैयाँको ‘वैदेशिक रोजगार बचतपत्र–२०८६’ निष्कासन गरेको थियो । तर, यो बचतपत्र नबुझ्दा लक्षित वर्गले आवेदन दिएनन् । 

बैंक तथा वित्तीय संस्थामा यो बचतपत्र बिक्री गर्न सकिने व्यवस्था छ । उनीहरूले बिक्री नगरेमा प्रत्येक ६ महिनामा ब्याज प्राप्त हुन्छ । यो धितोपत्र बजारमा सुरक्षित औजार मानिन्छ ।

वैदेशिक रोजगारीमा गएकाहरूलाई पहिलो पटक सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले यो वैदेशिक रोजगार बचतपत्र जारी गरेको थियो ।
 
यो बचतपत्रमा लगानी गर्न चाहेका वैदेशिक रोजगारीमा गएका नेपालीले दश हजारदेखि दशले निशेष भाग जाने गरी एक अर्बसम्मको आवेदन दिनसक्ने व्यवस्था गरिएको थियो । 

यो बचतपत्रमा १० हजारदेखि दुई करोड रुपैयाँसम्म माग गरेका कार्यालयले जानकारी दिएको छ ।


aabedan-1721579728.JPG
सबैभन्दा बढी नाइजेरियामा वैदेशिक रोजगारीका लागि गएका एक व्यक्तिले आवेदन दिएका छन् । उनले दुई करोड रुपैयाँको बचतपत्र खरिद गरेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जानकारी दिएको छ ।
 
संख्याको हिसाबले सबैभन्दा बढी दुबईमा कार्यरत १५ जनाले बचतपत्र खरिद गरेका छन् । दुबईमा कार्यरत १५ जनाले ६६ लाख १५ हजार रुपैयाँको बचतपत्र खरिद गरेका छन् । 

सबैभन्दा कम क्यानडामा रोजगारी गरिरहेका नेपालीले ५० हजार रुपैयाँको बचतपत्र खरिद गरेका छन् । वैदेशिक रोजगारीमा जानेका लागि उक्त कार्यालयले पहिलो पटक बिक्री खुला गर्दा न्यून परेको भए पनि आउँदा दिनमा कार्यालयले तयार गरेको सिस्टममार्फत बढी बिक्री हुने अपेक्षा गरेको छ । 

यसको पर्याप्त प्रचार–प्रसार नहुँदा लक्षित वर्गबाट आवेदन नआएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका प्रमुख दीर्घराज मैनालीले बताए । यसका लागि जनचेतना फैलाउन आवश्यक देखिएको उनको भनाइ छ ।
  
यो ऋणपत्रको ब्याजदर ९ प्रतिशत थियो । मुद्दति निक्षेपमा पैसा राख्दा त्योभन्दा कम ब्याज पाउने हुँदा धितोपत्रमा लगानी गर्न चाहनेहरूका लागि यो दिगो औजार हुने मौनाली बताउँछन् । 

“यो औजार नबुझेर हो । खरिद गरेपछि जतिसुकै बेला पैसामा कन्भर्ट हुन्छ,” उनले भने, “हामीले दोस्रो बजारमा नेप्सेसँगको सहकार्यमा यस्ता बचतपत्र तथा सरकारी ऋणपत्रहरूको कारोबार खुलाउने तयारी गरिरहेका छौँ । सेयर किनबेच गरेजसरी नै यसको दोस्रो बजारमा कारोबार गर्न सकिन्छ ।” 

यो खरिद गर्नेहरूले पछुताउनु नपर्ने मैनालीको भनाइ छ ।

बचतपत्र खरिद गर्न सानिमा बैंकबाट बढी भित्रियो रेमिट्यान्स
यो बचतपत्र खरिदका लागि सहजीकरण गर्न १४ वटा बिक्री एजेन्टहरूलाई तोकिएको थियो । जसमध्ये सबैभन्दा बढी रकमको आवेदन सानिमा बैंकबाट परेको छ । 

यो बैंकबाट नेपाल, क्यानडा, नाइजेरिया, ओमान, दुबई युजबेकिस्तानबाट दुई करोड ९७ लाख ९० लाख रुपैयाँको बचतपत्र खरिद भएको छ । 

नेपालबाट ६३ लाख ५० हजार रुपैयाँका बचतपत्र खरिद गरिएको छ । बाँकी दुई करोड ३४ लाख ४० हजार रुपैयाँ विदेशबाट देशमा भित्रिएको छ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार ग्लोबल आइएमई बैंकबाट ४९ करोड रुपैयाँको आवेदन परेको छ । यो बैंकबाट नेपाल, कतार, साउदी अरेबिया, साउथ कोरिया र दुबईका लगानीर्ताले आवेदन दिएका छन् । यो बैंकबाट सबैभन्दा बढी दुबईबाट २५ लाख ४० हजार रूपैयाँको बचतपत्र माग भएको छ ।

इसेवा मनिट्रान्सफरबाट नेपाल र दुबई गरी कुल सात लाख २० हजार रुपैयाँको आवेदन परेको छ । सबैभन्दा कम आइएमई लिमिटेड र एनएमबि बैंकबाट परेको छ ।

एनएमबी बैंकबाट दुबईका एकजनाले आवेदन दिएका छन् । आइएमई लिमिटेडबाट नेपालमा रहेका वैदेशिक रोजगारीमा गएका आफन्तले दिएको देखिन्छ । 

abedan-2-1721579693.JPG
 

प्रकाशित मिति: आइतबार, साउन ६, २०८१  २२:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro