site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले पहिलोपटक ‘वैदेशिक बचतपत्र’ जारी गर्दै

काठमाडौं । अर्थ मन्त्रालयअन्तर्गत रहेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले वैदेशिक रोजगारीमा भएकाहरूलाई पाँच वर्ष अवधिको एक अर्ब बराबरको बचतपत्र निष्कासन गर्ने भएको छ । यसअघि नेपाल राष्ट्र बैंकले यस्ता बचतपत्र जारी गर्दै आएकोमा अब यही कार्यालयले निष्कासन गर्ने भएको हो ।

वैदेशिक रोजगारीमा रहेकाहरूलाई पहिलोपटक कार्यालयले पाँच वर्षे ‘वैदेशिक रोजगार बचतपत्र–२०८६’ वैशाख २३ गते निष्कासन गर्न लागेको हो । एक महिनाको समयअवधि राखेर आगामी जेठ २२ गतेसम्म यो बचतपत्र खुला गर्न लागेको हो ।

यो बचतपत्रमा लगानी गर्न चाहेका वैदेशिक रोजगारीमा गएका नेपालीले १० हजारदेखि १० ले निःशेष भाग जाने गरी एक अर्बसम्मका लागि आवेदन दिन सकिनेछ । बचतपत्रमा वैदेशिक रोजगारीमा गएका नेपाली नागरिक, रोजगारबाट फर्किएको ६ महिना नपुगेका र उनीहरूका बुवा, आमा, श्रीमती, छोरा–छोरीले पनि आवेदन दिन सक्नेछन् ।

त्यस्तै, गैर–आवासीय नेपाली नागरिकले आफू वा आफ्ना परिवारका सदस्यहरू बुवा, आमा, श्रीमती, छोरा र छोरीको नाममा पनि आवेदन दिन सक्नेछन् । यो ऋणपत्रको ब्याजदर ९ प्रतिशत हुनेछ । ब्याज भुक्तानी अर्धवार्षिक रूपमा हुनेछ भने आवश्यकताअनुसार बैंकहरूलाई बिक्री गर्न पनि सक्नेछन् ।

यसरी आवेदन दिएपछि खरिद भएको बचतपत्रको प्रमाणपत्र ‘डीओएमएस’ प्रणालीको खरिदकर्ताको सम्बन्धित यूआईडीबाट डिजिटल रूपमा उपलब्ध हुने जानकारी दिइएको छ । यो बचतपत्र खरिदका लागि सहजीकरण गर्न १४ वटा बिक्री एजेन्ट तोकिएको छ । दरबारमार्गमा रहेको सिटिजन्स् बैंक इन्टरनेशनल, नबिल बैंक, लाजिमपार्टमा रहेको माछापुच्छ्रे बैंक र अनामनगरमा रहेको प्रभु बैंकमा सम्पर्क गरेर आवेदन दिन र बुझ्न सकिनेछ ।

यसका साथै ऋणपत्रको विषयमा गैरीधारको लक्ष्मी सनराइज बैंक, हात्तीसारको सानिमा बैंक, कमलादीको सिटी एक्सप्रेस मनी ट्रान्सफर, पानीपोखरीको आइएमई लिमिटेड, बबरमहलको एनएमबी बैंक, कमलादीको ग्लोबल आइएमई बैंक, धर्मपथको नेपाल बैंक, पुल्चोकको इसेवा मनि ट्रान्सफर र कमलादीमा रहेको नेपाल रेमिट इन्टरनेशनलबाट पनि बुझ्न र आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख २१, २०८१  १४:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro