site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
बंगला सर्वोच्चको फैसला : सबै सरकारी जागिर योग्यताको आधारमा 
SkywellSkywell

ढाका । बंगलादेशको सर्वोच्च अदालतले लगभग सबै सरकारी नोकरी योग्यताको आधारमा दिनुपर्ने फैसला गरेको छ । 

त्यहाँ आरक्षणको विषयलाई लिएर विद्यार्थी आन्दोलन चर्किरहेको बेलामा यो फैसला आएको हो ।  हिंसाका कारण सरकारले कर्फयु जारी गरेको छ । यसबाहेक बंगलादेशमा हिंसा रोक्न सेना परिचालन गरिएको छ । 

Dabur Nepal
NIC Asia

बंगलादेशका महान्यायाधिवक्ताले हाइ कोर्टको आदेश रद्ध गराउनका लागि सर्वोच्चमा निवेदन दिएका थिए । सो निवेदनमा विद्यार्थीको प्रतिनिधित्व गर्ने पाँच वकिलले सर्वोच्चमा सुनुवाइको क्रममा बोल्ने अनुमति पाएका थिए । 

सो अवसरमा बोल्ने ९ मध्ये ८ वकिलले हाइकोर्टको फैसला उल्ट्याउनुपर्ने पक्षमा समर्थन गरेका थिए । एक जनाले भने आरक्षण सुधारमा जोड दिएका थिए ।

यसअघि हाइकोर्टले आरक्षणबारे सरकारले २०१८मा दिएको सर्कुलरलाई रद्ध गरेको थियो । सोही रद्धका कारण विद्यार्थीहरु आन्दोलनमा उत्रिएका हुन् । जसले गर्दा बंगलादेशमा ठूलो धनजनको क्षति भएको छ ।
पछिल्लो फैसलाले आन्दोलन रोकिने अनुमान गरिएको बीबीसीले जनाएको छ । 
 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन ६, २०८१  १६:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu