site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
कर्णालीका चार जिल्लामा सडक अवरुद्ध 
फाइल तस्बिर ।

सुर्खेत । कर्णाली प्रदेशका चार जिल्लामा सडक अवरुद्ध भएका छन् । डोल्पा, हुम्ला, कालीकोट र रुकुमपश्चिममा भारी वर्षाका कारण सडक अवरुद्ध भएका हुन् ।

भेरी करिडोरअन्तर्गत डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ छलगाडको साङ्लेखोलामा पानीको मात्रा बढेका कारण सडक अवरुद्ध भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ ।

कर्णाली करिडोरअन्तर्गत हुम्लाको सार्केगाड गाउँपालिका–१ खच्चा, तुम्च, वडा नम्बर ४ का विभिन्न ठाउँमा, खार्पुनाथ गाउँपालिका–१ सुनाखडादेखि लालीबगरसम्म सुक्खा पहिरोका कारण सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक राजन पौडेलले जानकारी दिए ।

भेरी करिडोरमा पर्ने रुकुमपश्चिमको आठबिसकोट–६ रिजिगारमा सडक अवरुद्ध छ । कर्णाली करिडोरको कालीकोटको पचालझरना गाउँपालिका–८ लाफामा पहिरो जाँदा सडक अवरुद्ध भएको पौडेलले जानकारी दिए । अवरुद्ध सडक खुलाउन प्रयास जारी रहेको उनले जानकारी दिए । रासस

प्रकाशित मिति: बिहीबार, साउन ३, २०८१  २३:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro