site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
वैदेशिक सहायता प्रतिवद्धतामा ३२ प्रतिशतले कमी, १० महिना एक खर्ब तीन अर्ब प्राप्त 
SkywellSkywell

काठमाडौं । नेपालले गत आर्थिक वर्ष २०८०/०८१ को पहिलो १० महिनामा १ खर्ब ३ अर्ब ४७ करोड रुपैयाँ वैदेशिक सहायता प्रतिवद्धता प्राप्त गरेको छ । अघिल्लो आर्थिक वर्ष २०७९/०८० को पहिलो १० महिनाको तुलनामा यो रकम ३२ प्रतिशतले कम हो ।
 
अर्थ मन्त्रालयका अनुसार नेपालले २०८० साउनदेखि २०८१ वैशाखसम्मको १० महिनामा उक्त वैदेशिक सहायता प्रतिवद्धता प्राप्त गरेको हो । अघिल्लो आर्थिक वर्ष २०७९/०८० को पहिलो १० महिनामा नेपालले १ खर्ब ५२ अर्ब ७ करोड रुपैयाँ वैदेशिक सहायता प्रतिवद्धता प्राप्त गरेको थियो ।

गत आर्थिक वर्ष २०८०/०८१ को पहिलो १० महिनामा प्राप्त प्रतिवद्धतामा अनुदान र ऋणको हिस्सा क्रमशः ४१.१ प्रतिशत र ५८.९ प्रतिशत छ । अघिल्लो आर्थिक वर्षको वैशाखसम्मको वैदेशिक सहायता प्रतिवद्धतामा अनुदान र ऋणको हिस्सा क्रमशः २५ र ७५ प्रतिशत थियो ।
 
गत आर्थिक वर्षको पहिलो १० महिना प्राप्त भएको वैदेशिक सहायता प्रतिवद्धतामध्ये एसियाली विकास बैंकबाट ४६.९ प्रतिशत र विश्व बैंक समूहबाट १५.८ प्रतिशत छ ।

Dabur Nepal
NIC Asia

451348704_1563251514237586_8723247815544693601_n-1721116198.jpg

 
यस अवधिमा प्राप्त वैदेशिक सहायता प्रतिवद्धतामध्ये सबैभन्दा बढी सहरी विकास क्षेत्रमा २१.३ प्रतिशत छ । सबैभन्दा न्यून वातावरण क्षेत्रमा ०.२ प्रतिशत छ ।

आर्थिक वर्ष २०८०/०८१ को पहिलो १० महिनामा ५१ अर्ब २१ करोड रुपैयाँ वैदेशिक अनुदान प्राप्त भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो अनुदान रकम ४८ अर्ब ५१ करोड रुपैयाँ रहेको थियो ।
 
आर्थिक वर्ष २०८०/८१ मा प्राप्त वैदेशिक सहायतामध्ये २१.३ प्रतिशत सहरी विकास, १६.१ प्रतिशत स्वास्थ्य, १४.५ प्रतिशत सडक, १२.९ प्रतिशत बजेटरी सहायता छ । ११.३ प्रतिशत उद्योग तथा जलवायु, ७.८ प्रतिशत शिक्षा, ५.२ प्रतिशत उर्जा, ३.७ प्रतिशत सामाजिक क्षेत्रमा छ । ३.१ प्रतिशत जलवायु परिवर्तन, २.६ प्रतिशत कृषि, १.३ प्रतिशत पर्यटन र ०.२ प्रतिशत वातावरण क्षेत्रमा वैदेशिक सहायता प्राप्त छ । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन १, २०८१  १३:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu