site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
शिक्षा मन्त्रालयमा चौथो महिलामन्त्री
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपालको इतिहासमा चौथोपटक महिला शिक्षामन्त्री बनेकी छन् । नेकपा एमालेका तर्फबाट सांसद विद्या भट्टराईले चौथो महिला शिक्षामन्त्रीको रूपमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्रीको जिम्मेवारी सोमबारदेखि सम्हालेकी छन् । 

२०६५ भदौमा रेनुकुमारी यादव (हाल जनता समाजवादी पार्टी नेपाल)की सांसद नेपालको पहिलो महिला शिक्षामन्त्री बनेकी थिइन् । उनको कार्यकाल २०६६ जेठसम्म रह्यो । 

दोस्रो महिला शिक्षामन्त्री नेपाली कांग्रेसका सांसद चित्रलेखा यादव बनेकी थिइन् । उनको कार्यकाल २०७० माघदेखि २०७२ असोजसम्म रह्यो । 

२०८० फागुन २३ गते राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले शिक्षामन्त्रीको जिम्मेवारी पाएकी थिइन् । उनको कार्यकाल २०८१ असार २९ गतेसम्म रह्यो । 

प्रतिनिधिसभाअन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना समितिमा नै रहेकी एमाले सांसद विद्या भट्टराईले सोमबारबाट पदभार सम्हालेकी छन् । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका विभिन्न क्याम्पसमा प्राध्यापक समेत रहेकी भट्टराईलाई आशलागदो युवा मन्त्रीको रूपमा लिइएको छ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ३१, २०८१  १८:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro