site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
कोपा अमेरिका–२०२४ : रोड्रिगेज सर्वोत्कृष्ट, मार्टिनेज उच्च गोलकर्ता

काठमाडौं । कोलम्बियाका जेम्स रोड्रिगेज कोपा अमेकिा–२०२४ को सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् ।

सोमबार भएको फाइनलमा कोलम्बियाले अर्जेन्टिनासँग १–० को हार व्यहोरेको थियो । २३ वर्षपछि कोलम्बियालाई कोपा अमेरिकाको फाइनलमा पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेलेका रोड्रिगेज ‘प्लेयर अफ दी टुर्नामेन्ट’ चुनिएका हुन् । उनले प्रतियोगिताभर कुल ६ असिस्ट गरेका थिए ।

Dabur Nepal
NIC Asia

अर्जेन्टिनाका फरवार्ड लौटारो मार्टिनेज प्रतियोगिताको उच्च गोलकर्ता बने । मार्टिनेजले प्रतियोगिताभर कुल पाँच गोल गरे । फाइनलमा पनि मार्टिनेजले नै निर्णायक गोल गरेका थिए ।

यस्तै, अर्जेन्टिनाका गोलकिपर इमिलियानो मार्टिनेज प्रतियोगिताको उत्कृष्ट गोलकिपर चुनिए । प्रतियोगिताभर अर्जेन्टिनाले ६ खेल खेल्दा मार्टिनेजले पाँचमा ‘क्लिन सिट’ राखे ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ३१, २०८१  १०:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro