site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
अर्जेन्टिनालाई कीर्तिमानी १६औँ कोपा अमेरिकाको उपाधि 

काठमाडौं । अतिरिक्त समयमा मैदान प्रवेश गरेका लौटारो मार्टिनेज निर्णायक बनेपछि फाइनलमा कोलम्बियालाई १–० ले हराउँदै अर्जेन्टिनाले लगातार दोस्रोपटक कोपा अमेरिकाको उपाधि जितेको छ ।

यो उपाधिसँगै अर्जेन्टिना कोपा अमेरिकाको इतिहासमा सबैभन्दा सफल टिम बनेको छ । अर्जेन्टिनाले १६औँ उपाधि जितेको हो । १५औँ उपाधि जितेको उरुग्वेलाई अर्जेन्टिनाले पछि पारेको छ ।

सोमबार अमेरिकाको हार्ड रक रंगशालामा मार्टिनेजले ११२औँ मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई अग्रतामा राखेका थिए । यही गोल निर्णायक बन्दा अर्जेन्टिना लगातार दोस्रोपटक च्याम्पियन बनेको हो ।

मार्टिनेज ९७औँ मिनेटमा हुलियन आल्भारेजको स्थानमा मैदान प्रवेश गरेका थिए । ६६औँ मिनेटमा नियमित कप्तान लियोनल मेसीले खुट्टामा चोटको कारण मैदान छोडेपछि अर्जेन्टिनाको नेतृत्व एन्जल डी मारियाले गरेका थिए । मैदान छोड्दा मेसी भावुक बनेका थिए ।

११७औँ मिनेटमा मैदान छोडेका डी मारियाको अर्जेन्टिनी टिमबाट यो अन्तिम अन्तर्राष्ट्रिय खेल समेत हो । उनले यसअघि नै कोपा अमेरिकापछि सन्न्यासको घोषणा गरिसकेका थिए ।

अर्जेन्टिना विश्व फुटबलमा लगातार तीन मुख्य उपाधि जित्ने दोस्रो टिम समेत बनेको छ । अर्जेन्टिनाअघि स्पेनले सन् २००८ को युरोपियन च्याम्पियनसिप, २०१० को फिफा विश्वकप र २०१२ को पुनः युरोपियन च्याम्पियनसिपको उपाधि जित्दै यो कीर्तिमान बनाएको थियो ।

२३ वर्षपछि फाइनलमा प्रवेश गरेको कोलम्बियाले भने उपविजेतामै चित्त बुझाउन बाध्य बन्यो । सन् २००१ मा फाइनलमा प्रवेश गरेको कोलम्बियाले उक्त संस्करणको उपाधि समेत जितेको थियो ।

प्रकाशित मिति: सोमबार, असार ३१, २०८१  १०:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro