site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कोलम्बियाविरुद्ध उरुग्वे : फाइनलसरहको भिडन्त !
SkywellSkywell

काठमाडौं । कोपा अमेरिका–२०२४ को दोस्रो सेमिफाइनलमा बिहीबार बिहान प्रतियोगिताको सर्वाधिक सफल उरुग्वेलाई कोलम्बियाले चुनौती प्रस्तुत गर्दै छ ।

कोलम्बिया पछिल्लो २७ खेलमा अपराजित रहँदै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो । यता, उरुग्वे भने १६औँ उपाधिसहित प्रतियोगिताको सबैभन्दा सफल टिमको सूचीमा अर्जेन्टिनालाई पछि पार्ने लक्ष्यमा छ । कोपा अमेरिकाको इतिहासमा हालसम्म अर्जेन्टिना र उरुग्वेले समान १५ पटक उपाधि जितेका छन् ।

उरुग्वेले सेमिफाइनल प्रवेशका क्रममा ब्राजिलको चुनौती पेनाल्टी सुटआउटमा पन्छाएको थियो । ब्राजिलविरुद्ध उरुग्वेले प्रतियोगिताकै सबैभन्दा धेरै २६ फाउल गरेको थियो । रोड्रिगोविरुद्ध फाउल गर्दा नाहितान नान्डेजले रातो कार्डको दर्शन गरेपछि उरुग्वे १० खेलाडीमा समेटिएको थियो । तर, खेलमा आक्रमण पनि उरुग्वेले नै धेरै बुनेको थियो ।

KFC Island Ad
NIC Asia

दोस्रो सेमिफाइनलअघि प्रशिक्षक मार्सेलो वियल्साले उरुग्वले आक्रमण शैलीमा कुनै सम्झौता नगर्ने बताए ।

“फुटबल एक प्रतिस्पर्धा हो र हामी सधैँ के कुरामा राम्रो गर्न सकिन्छ भन्ने कुरालाई व्यवहारमा उतार्न चाहन्छौँ । हाम्रो विपक्षीले पनि यही गर्नेछन्,” वियल्साले भने, “यदि हामीले गर्न सक्ने राम्रोलाई व्यवहारमा उतार्न सकेनौँ भने हामीले आफ्नो मौकालाई कमजोर बनाएको हुन्छौँ ।”

रातो कार्डका कारण नान्डेज एक खेलको निलम्बनमा रहँदा रक्षक रोनाल्डो अराउहोले चोटका कारण प्रतियोगिता गुमाउने निश्चित बनिसकेको छ ।

अर्कोतर्फ, क्वार्टरफाइनलमा पानामाविरुद्ध ५–० को जित निकालेको कोलम्बिया २३ वर्षपछि कोपा अमेरिकाको फाइनल पुग्ने लक्ष्यमा हुनेछ । कोलम्बियाले पछिल्लो पटक सन् २००१ मा कोपा अमेरिकाको फाइनलमा प्रतिस्पर्धा गरेको थियो । त्यसबेला कोलम्बियाले मेक्सिकोलाई हराउँदै प्रतियोगिताको उपाधिसमेत जितेको थियो ।

Colombia-Urugwy-1720614024.jpg
 

नेस्टोर लोरेन्जोको प्रशिक्षणमा रहेको कोलम्बियाबाट जारी प्रतियोगितामा आठ फरक खेलाडीले गोल गरेका छन् । भेट्रान जेम्स रोड्रिगेज उत्कृष्ट लयमा छन् । उनले जारी प्रतियोगितामा मेसीको नाममा रहेको प्रतियोगिताको एकै संस्करणमा सबैभन्दा धेरै असिस्ट गर्ने कीर्तिमानसँग बराबरी गरेका छन् ।

रोड्रिगेजले पाँचपटक आफ्ना सहकर्मीलाई गोलको अवसर बनाएका छन् । यसअघि तथ्यांक राख्न सुरु गरिएयता मेसीले सन् २०११ मा पाँच असिस्ट गर्दै यो कीर्तिमान बनाएका थिए ।

सेमिफाइनलअघि प्रशिक्षक लोरेन्जोले कोलम्बिया र उरुग्वेबीचको खेल फाइनलसरह भएको बताए ।

“उनीहरू निष्क्रिय छैनन् । उनीहरू जितको लक्ष्यसहित आउनेछन् । र, म विश्वस्त छु, हामीले बिहीबार राम्रो खेल हेर्न पाउनेछौँ,” लोरेन्जोले भने ।

अमेरिकाको बैंक अफ अमेरिका रंगशालामा हुने खेल नेपाली समयअनुसार बिहीबार विहान ५ः४५ बजेदेखि सुरु हुनेछ । प्रतियोगिताको फाइनल खेल भने आइतबार फ्लोरिडास्थित मियामी गार्डेन्समा हुनेछ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २६, २०८१  १८:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro