site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पाकिस्तानविरुद्ध भारतको सहज जित, अन्तर्राष्ट्रिय गोलमा बालादेवीको अर्धशतक
SkywellSkywell

काठमाडौं । फरवार्ड बालादेवी गान्गोमले ५०औँ गोल गर्दा भारतले साफ महिला च्याम्पियनसिपको पहिलो खेलमा पाकिस्तानविरुद्ध ५–२ को जित निकालेको छ ।

बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा भारतलाई जित दिलाउन ग्रेस डाङ्मेईले दुई गोल गरिन् । यस्तै, मनिषा, बालादेवी गान्गोम र ज्योती चौहानले गोल गरिन् । पाकिस्तानबाट सुहा हिरानी र कायला मारी सिद्दिकीले गोल फर्काए ।

खेलको सुरुवातदेखि नै पाकिस्तानी रक्षापंक्तिमाथि दबाब बनाएको भारतले पाँचौँ मिनेटमा नै अग्रता बनाएको थियो । भारतकी ग्रेसले १८ यार्ड बक्सबाट गोल गर्दै प्रतियोगिताको सबैभन्दा सफल टिमलाई अग्रतामा राखेकी हुन् । 

KFC Island Ad
NIC Asia

India-SAAF-1729172767.jpg
पहिलो गोल गरेको १२ मिनेटपछि भारतले अग्रता दोब्बर बनायो । १७औँ मिनेटमा पाकिस्तानी रक्षकबाट भएको गल्तीको फाइदा उठाउँदै मनिषाले भारतको अग्रता दोब्बर बनाइन् । 

३५औँ मिनेटमा भारतले अग्रतालाई ३–० मा पुर्‍यायो । पाकिस्तानको पेनाल्टी क्षेत्रबाट पाएको इन्डाइरेक्ट फ्री किकलाई सदुपयोग गर्दै बालादेवी गान्गोमले भारतको अग्रतालाई ३–० मा राखिन् । भारतबाट बालादेवीको यो ५०औँ अन्तर्राष्ट्रिय गोल हो ।

खेलको ४२औँ मिनेटमा भारतले अग्रतालाई ४–० मा पुर्‍यायो । भारतका लागि ग्रेसले व्यक्तिगत दोस्रो गोल गरिन् । 

India-SAAF-d-1729172766.jpg
पहिलाको इन्जुरी समयमा पेनाल्टी पाएपछि पाकिस्तानले गोल फर्कायो । पाकिस्तानकी फरवार्ड नदिया खानलाई भारतीय कप्तान असलता देवीले पेनाल्टी बक्सभित्र लडाएपछि पाकिस्तानले पेनाल्टी पाएको थियो । जसमा चुहाले कुनै गल्ती गरिनन् ।

पहिलो हाफको तुलनामा सुधारिएको प्रदर्शन गरेको पाकिस्तानले ४७औँ मिनेटमै दोस्रो गोल फर्काएको थियो । पाकिस्तानकी सिद्दिकीले ६ यार्ड बक्सबाट बललाई सहर्ज जालीको दिशा दिएकी हुन् । यसपछि निरन्तर आक्रामण बुने पनि पाकिस्तानले ‘फिनिस’ गर्न भने सकेन । दोस्रो हाफमा पाकिस्तानले गोलका तीन सुन्दर अवसर खेर फालेको थियो ।

India-SAAF-4-1729172766.jpg
खेलको ७८औँ मिनेटमा ज्योतीले गोल गर्दै भारतको अग्रतालाई ५–३ मा पुर्‍याइन् । 

जितसहित प्रतियोगिताको सुरुआत गरेको भारत समूह ‘ए’ को शीर्ष स्थानमा उक्लिएको छ । यस समूहमा भारत र पाकिस्तानसँगै साविक विजेता बंगलादेश छन् । यस्तै, समूह ‘बी’मा साविक उपविजेता नेपालसँगै माल्दिभ्स, श्रीलंका र भुटान छन् ।

नेपालले आफ्नो पहिलो खेलमा शुक्रबार भुटानसँग खेल्ने छ ।

तस्बिरहरू : हरिशजंग क्षेत्री/बाह्रखरी
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक १, २०८१  १९:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro