site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
१००औँ अन्तर्राष्ट्रिय खेलपछि आशालता भन्छिन्– मेरो मेहनत र संघर्षको केही हिस्सा आज पाएँ

काठमाडौं । भारतीय राष्ट्रिय महिला टिमबाट रक्षक आशालता देवी १००औँ अन्तर्राष्ट्रिय खेल खेल्ने पहिलो खेलाडी बनेकी छन् । 

नेपालमा बिहीबारदेखि सुरु भएको साफ महिला च्याम्पियनसिप–२०२४ को पहिलो खेलमा पाकिस्तानविरुद्ध भारतीय टिमबाट सुरुआती–११ मा मैदान उत्रिएसँगै आशालताले यो कोशेढुंगा पार गरेकी हुन् ।

खेल भारतले ५–२ ले जितेको थियो । खेलपछि पत्रकारसँगको कुराकानीमा आशालताले आफ्नो मेहनत र संघर्षको केही हिस्सा १००औँ खेलको कोशेढुंगाले दिएको बताइन् ।

“म धेरै खुसी छु । मैले जति पनि मेहनत र संघर्ष गरेकी थिएँ, त्यसको केही हिस्सा आज पाएकी छु । म यहाँसम्म आइपुग्नुमा मलाई प्रशिक्षण दिनुहुने सबै प्रशिक्षक, खेलाडी सहकर्मी सबैको निकै सहयोग छ,” आशालताले भनिन् ।

Ashalata-1729185129.jpg
उनले अगाडि थपिन्, “म भारतीय महिला टिमबाट १०० खेल पूरा गर्ने पहिलो खेलाडी हुँ । त्यसकारण म धेरै उत्साहित थिएँ । धेरै उत्साहित भएको हुँदा मेरै कारण टिमले पेनाल्टीसमेत बेहोर्नुपर्‍यो । आजको यो खेलले धेरै उत्साहित हुनु पनि राम्रो होइन भन्ने पाठ सिकाएको छ । मेसी वा रोनाल्डो जो भए पनि हरेक खेलअघि पहिलेभन्दा केही राम्रो गरौँ भन्ने हुन्छ । ममा पनि त्यही भावना छ ।”

आशालताले सन् २०११ मा भारतीय महिला टिमबाट डेब्यू गरेकी थिइन् । प्रतियोगितामा भारत समूह ’ए’मा छ ‌। यस समूहमा भारत र पाकिस्तानसँगै साविक विजेता बंगलादेश छन् । यस्तै, समूह ’बी’मा साविक उपविजेता नेपालसँगै माल्दिभ्स, श्रीलंका र भुटान छन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक १, २०८१  २२:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro