site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
अमेरिकामा हुने लिग–२ शृंखलाभर दासानायके मेन्टरको भूमिकामा नेपाली टिमसँग रहने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वप्रशिक्षक पुबुदु दासानायके आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत अमेरिकामा हुने त्रिदेशीय शृंखलाका निम्ति टिमको मेन्टरमा नियुक्त भएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार एक विज्ञप्ति जारी गर्दै श्रीलंकन प्रशिक्षक दासानायकेलाई मेन्टरमा नियुक्त गरेको जनाएको हो । क्यानले दासानायके अमेरिकामा हुने घरेलु टिमसँगै नेपाल र स्कटल्यान्डबीचको त्रिदेशीय शृंखलाका निम्ति मात्र मेन्टरको भूमिकामा रहने समेत जनाएको छ ।

सन् २०१४ मा पहिलोपटक नेपाललाई ट्वान्टी–२० विश्वकपको मञ्चमा पुर्‍याएका दासानायकेले दुईपटक नेपाली टिमसँग सहकार्य गरे । उनी पहिलोपटक सन् २०११ देखि २०१५ सम्म नेपालको मुख्य प्रशिक्षक बनेका थिए । यसपछि उनले सन् २०२१ देखि ०२२ सम्म पुनः नेपाली टिमको जिम्मेवारी सम्हालेका थिए । हाल उनी क्यानडाको प्रशिक्षक हुन् । 

खेलाडी करियरमा दासानायकेले दुई देशबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिनिधित्व गरे । उनले श्रीलंकाबाट ९० को दशकमा र क्यानडाबाट २००० को दशकमा अन्तर्राष्ट्रिय खेल खेलेका थिए ।

प्रकाशित मिति: बिहीबार, कात्तिक १, २०८१  २२:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro