site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपाल भाग्न खोजेका बहराइच साम्प्रदायिक हिंसाका मुख्य आरोपितमाथि गोली प्रहार, के हो घटना ?
SkywellSkywell

काठमाडौं । भारतको उत्तर प्रदेशको बहराइचमा भड्किएको साम्प्रदायिक हिंसाका क्रममा भएको रामगोपाल मिश्रको हत्यामा संलग्न रहेको आरोप लागेका मुख्य आरोपित मोहम्मद सरफराज र मोहम्मद तालिमलाई गोली हानेर पक्राउ गरिएको छ । बिहीबार नेपालको सीमा नजिक पर्ने हान्डा बसेहरी नहर नजिक गोली हानेर उनीहरूलाई पक्राउ गरिएको हो ।

मुठभेडका क्रममा तालिबको घुँडामा गोली लागेको थियो । सरफराजको अवस्था चिन्ताजनक रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनलाई बहराइचको स्वास्थ्य केन्द्रमा भर्ना गरिएको छ । सुरक्षाका लागि अस्पतालबाहिर ठूलो संख्यामा प्रहरी तैनाथ गरिएको छ ।

सुरुमा उनीहरूले प्रहरीमाथि गोली चलाएपछि जवाफी कारबाही गरिएको प्रहरीको दाबी छ । प्रहरीले मिश्रको हत्यामा प्रयोग गरिएका हतियार बरामद गरिएको पनि बताएको छ ।

KFC Island Ad
NIC Asia

यूपी स्पेसल टास्क फोर्स (एसटीएफ) प्रमुख अमिताभ यशका अनुसार, यस घटनामा हालसम्म पाँच जना पक्राउ परिसकेका छन् ।

बहराइच प्रहरीले आज सरफराज र तालिमसहित मोहम्मद फहिम, अब्दुल हमिद र मोहम्मद अफजललाई पक्राउ गरेको हो ।

यसअघि, प्रहरीले बुधबार अर्का आरोपित राजा उर्फ ​​जहिर खानलाई पक्राउ गरेको थियो ।

के हो घटना ?

अक्टोबर १३ मा दुर्गा पूजा विसर्जनका क्रममा बहराइचको महाराजगञ्जमा पूजास्थल बाहिर अर्को समुदायले चर्को स्वरमा गीत बजाएपछि हिंसा भड्किएको थियो । त्यस क्रममा २२ वर्षीय रामगोपाल मिश्रको गोली प्रहारबाट हत्या भएको थियो ।

हिंसा भड्किएपछि तोडफोड र आगजनी भएको थियो । भिडले घर, पसल, अस्पतालसहित सवारीसाधनमा आगजनी गरेको थियो ।

यस घटनामा प्रहरीले हालसम्म ५५ शंकास्पदलाई नियन्त्रणमा लिएको छ । यात्राका क्रममा ‘चाहे जितन जोर लगा लो, आएंगे फिर योगी जी’ गीत बजाउँदा तनाव बढेको बताइएको छ ।

भारतीय सञ्चारमाध्यमहरूको सहयोगमा ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक १, २०८१  १८:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro