site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
तीन वर्षसम्म कैद तोकिएकालाई जेल बाहिर राख्न सुझाव !

काठमाडौं । कारागार व्यवस्थापन विभागले कैदीहरुको चाप घटाउन तीन वर्ष कैद तोकिएकालाई जेल बाहिर राखेर मुद्दा लड्न दिने व्यवस्था गर्न सुझाव दिएको छ ।  प्रतिनिधिसभा राज्यव्यवस्था तथा सुशासन समितिले कारगार र कैदीका विषयमा छलफल चलाइरहेको छ । तर, कुनै निस्कर्षमा पुगको छैन ।

समितिको गत भदौ २ गतेको बैठकमा विभागका प्रतिनिधिले कारागार क्षमताभन्दा दोब्बर कैदी/बन्दी भएपछि उपाय सोच्नु र खोज्नुपर्ने बेला आएको उल्लेख गरेका थिए ।  बैठकमा गृहमन्त्री रमेश लेखकसमेत उपस्थित थिए ।

Dabur Nepal
NIC Asia

समितिका सभापति रामहरि खतिवडाका अनुसार, कैदीको संख्या धान्न नसक्ने अवस्थामा रहेको विवरण विभागले प्रस्तुत छ । समिति बैठकमा गृह तथा विभागले राखेको धारणा उल्लेख गर्दै सभापति खतिवडाले भने, “कैदीको संख्या बढी भयो, धान्न कठिन भयो भन्ने कुरा आाएको छ । विदेशी कैदीहरू पनि छन् । उनीहरुलाई पठाउन पनि सकेका छैनौं । यहाँ राख्न पनि गाह्रो भएको छ ।” 

विभागले कैदीको चाप घटाउन जघन्य अपराध गरेकाबाहेक तीन वर्षसम्म कैद सजाय तोकिएकालाई धरौटीमा बाहिरै रहेर मुद्दा लड्न पाउनुपर्ने व्यवस्थाबारे सोच्न सुझाएको छ ।  

“सबै अभियुक्तलाई जेलमा मात्रै राख्ने धारणा राख्नु भएन । तीन वर्षसम्म जेल सजाय तोकेकालाई धरौटीमा बाहिर बसेर मुद्दा लड्न पाउने व्यवस्था भने भने त्यसले केही मात्रामा कैदीको चाप घटाउँछ । जघन्य मुद्दामा भने त्यस्तो सोच होइन भन्ने धारणा राख्नुभएको थियो,” खतिवडाले भने ।

त्यस विषयमा छलफल भए पनि निचोडमा नपुगिएको उनको भनाइ छ । 

“यही गर्ने भन्ने निर्णयमा पुगेका छैनौं । बाहिरी मुलुकमा के कस्तो व्यवस्था रहेछ भनेर हेरिरहेका छौं,” उनी भन्छन् ।
 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक १, २०८१  १८:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro