site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
मिर्गौला दान गर्ने पुरुषको संख्या बढ्यो

काठमाडौं । नेपालमा मिर्गौला दान गर्ने पुरुषको संख्या बढेको छ । पछिल्ला दुई वर्षयता अंग प्रत्यारोपण गर्ने पुरुषको दर २८ प्रतिशत पुगेको सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले जानकारी दिए । 

उनका अनुसार यसअघि ९० प्रतिशत दाता महिला र १० प्रतिशत ग्रहणकर्ता पुरुष थिए । हाल ७२ प्रतिशत दाता महिला र २८ प्रतिशत पुरुष छन् । 

राष्ट्रियसभाअन्तर्गत संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिमा बुधबार अंग प्रत्यारोपणका चुनौतीबारे छलफल भएको छ । 

छलफलमा मस्तिष्क मृत्युबाट हुने प्रत्यारोपण अत्यन्तै न्यून रहेकाले यसलाई बढाउनुपर्नेमा सहभागीहरूले जोड दिए । 

केन्द्रबाट १२ वर्षमा एक हजार २७७ मिर्गौला र २६ वटा कलेजो प्रत्यारोपण गरिएको छ । जसमध्ये १० वटा मिर्गौला र तीन वटा मस्तिष्क मृत्युबाट कलेजो प्रत्यारोपण गरिएको डा. श्रेष्ठले जानकारी दिए  
 

प्रकाशित मिति: बुधबार, असार २६, २०८१  १२:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro