काठमाडौं । मर्चेन्ट बैंकर एसोसिएसनले ‘स्पोर्टस्' मिट २०२४’ आयोजना गरेको छ । एसोसिएसनले असार २१ र २२ गते उक्त ‘स्पोर्टस् मिट २०२४’ आयोजना गरेको स्पोर्स मिट कार्यक्रमका सभापति विजयलाल श्रेष्ठले जानकारी दिए ।
स्पोर्टस् मिटमा पुरुष र महिला फुटसलका साथै टेबलटेनिस, ब्याडमिटन लगायतका खेल आयोजना गरिएको थियो ।
पुरुषतर्फको फुटसलमा सानिमा क्यापिटल विजेता भएको छ भने नेपाल एसबीआई मर्चेन्ट बैंकिङ उपविजेता भएको छ । त्यसैगरी महिला फुटसलमा प्रभु क्यापिटल विजेता र सिद्धार्थ क्यापिटल उपविजेता भएको थियो ।
टेबलटेनिसमा पुरूषतर्फ ग्लोबल आइएमई क्यापिटल विजेता भएको छ । टेवल टेलिस महिलातर्फ सिद्धार्थ क्यापिटल विजेता भएको छ । टेवलटेनिसतर्फ दिग्गजहरूको खेलमा कुमारी क्यापिटलले जित हासिल गरे ।
कार्यक्रममा नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारी, सीडीएस एन्ड क्लियरिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्यको उपस्थिति थियो ।