site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
गण्डकीका विद्यालयमा हुवावेको डिजिटल बोर्डदेखि अनलाइन पढ्न मिल्ने सुविधा

काठमाडौं । हुवावेले गण्डकी प्रदेशका विद्यालयमा 'पाइलट प्रोजेक्ट'का रूपमा डिजिटल अध्ययन उपकरणहरू उपलब्ध गराएको छ। वर्षाैंदेखि गण्डकी प्रदेशका दुर्गम गाउँका विद्यार्थीका लागि परम्परागत चकबोर्ड र नोटबुक मात्रै सिकाइको माध्यम थिए।

हुवावेले चकबोर्ड प्रयोग हुने कक्षाकोठा अब स्मार्ट कक्षाकोठामा परिणत भएको बताएको । यसले कुनै बेला शैक्षिक अभाण झेलेको पुस्ताका लागि नयाँ अवसरको ढोका खोलिदिएको कम्पनीको भनाइ छ ।

हुवावे नेपालले ग्रामीण क्षेत्रमा शैक्षिक सुधारका लागि स्मार्ट कक्षाकोठा पहल अघि सारेको छ । यसले टेक्नोलोजी इन्स्टल गर्नमात्रै नभएर दुर्गम क्षेत्रका विद्यार्थीलाई डिजिटल एजमा पहुँच दिने कम्पनीको विश्वास छ ।

हुवावे आइडियाहब, ल्यापटप, डेस्कटप, वाइफाइ पूर्वाधार र अन्य अत्याधुनिक सिकाइ उपकरणले कक्षाकोठाको स्तरोन्नति मात्र नभएर विद्यार्थीहरुलाई टेक्नोलोजि–ड्रिभन विश्वमा आफुलाई अब्बल बनाउने हुवावेले जनाएको छ ।

कुनैबेला चक(एन्ड(टक शिक्षण विधिमा भर पर्ने बालबालिकाहरूले अब अन्तरक्रियात्मक डिजिटल सकाइ सामग्री, रिमोट लर्निङको अवसर र डिजिटल उपकरणबाट हातमै कयौं जानकारी प्राप्त गर्नसक्छन् । यसले गाउँका विद्यार्थीहरुलाई वैश्विक ज्ञान र सिप समेत प्रदान गरिरहेको हुवावेले जनाएको छ ।

बालबालिकाका लागि यस किसिमको डिजिटल शिक्षा उज्ज्वल भविष्यतर्फको बाटो र विश्वव्यापी अर्थतन्त्रको माग अनुसार आफुलाई निमार्ण गर्ने अवसर हो । यसरी हुवावेको प्रविधिले विद्यार्थीहरुका लागि गाउँ र सहरबीचको भुगोल वा वित्तीय अवरोधलाई हटाएको छ ।

स्मार्ट क्लासरूम पहल अन्तर्गत हुवावेको योगदानले नेपालको डिजिटल नेपाल फ्रेमवर्कलाई प्रत्यक्ष रूपमा समेटेको छ । यसले ग्रामीण र दुर्गम क्षेत्रका मानिसहरू सहित सबैको लागि प्रविधि पहुँचयोग्य देश बनाउन योगदान गरेको कम्पनीको भनाइ छ ।


यो परियोजना प्रविधिको बारे मात्र नभएर युवाहरूलाई डिजिटल साक्षरता र आधुनिक संसारमा सफल हुन आवश्यक पर्ने स्रोतहरू प्रदान गर्नुपनि हो । समावेशी डिजिटल इकोसिस्टमलाई प्रवद्र्धन गर्दै हुवावेले भविष्यको लागि जग निर्माण गर्न मद्दत गरिरहेको छ ।

समाजमा सकारात्मक परिवर्तन ल्याउन हुवावेको सामाजिक उत्तर दायित्व र टेकफरगुड पहल महत्वपूर्ण उदाहरण भएको कम्पनीको भनाइ छ ।  हुवावेले नेपाललाई बलियो, दिगो डिजिटल पूर्वाधार निर्माण गर्न मद्दत गरिरहेको बताएको छ ।

स्थानीय समुदायसँग साझेदारी गरेर हुवावेले नेपाललाई पूर्ण डिजिटल राष्ट्र बन्ने यात्रामा सहयोग गर्दै युवाहरूका लागि परिवर्तनकारी अवसरसमेत सिर्जना गरिरहेको बताएको छ। यो पहलले नेपालमा नयाँ पुस्ताका लिडर, नवप्रवर्तकहरू र उद्यमीहरूको लागि जीवन परिवर्तन गर्ने अवसर सिर्जना गर्ने कम्पनीको विश्वास छ ।

गण्डकी प्रदेशमा हुवावेले गरिरहेको यो काम टेकफरगुडको महत्वपूर्ण उदाहरण भएको कम्पनीको भनाइ छ । यसबाट प्रविधिले जीवन परिवर्तन गर्ने, समुदायलाई रूपान्तरण गर्ने र अवसर सिर्जना गर्ने कुरालाई पुष्टि गरेको कम्पनीले जनाएको छ।

यो पहल नेपालका युवाहरूलाई डिजिटल शिक्षामार्फत सशक्त बनाउने र सबैका लागि दिगो, कनेक्टेड र समावेशी डिजिटल भविष्य निर्माण गर्नेतर्mको सुरुवात मात्र भएको हुवावेले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, फागुन ७, २०८१  १५:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro