site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
केआईआईटीमा अध्ययरत १२६ विद्यार्थी फर्किए

वीरगन्ज । भारतको उडिसा राज्यस्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल ट्रेक्नोलोजी (केआईआईटी)मा अध्ययरत १२६ विद्यार्थी रक्सौल नाका हुँदै नेपाल फर्किएका छन् । 
    
केआईआईटीमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु भएसँगै नेपाली विद्यार्थी असुरक्षाका कारण देखाउँदै स्वदेश फर्किएका हुन् । 

जिल्ला प्रशासन कार्यालय पर्साका निमित्त प्रमुख जिल्ला अधिकारी निशानराज गौतमले आज १०३ छात्र र २३ छात्रा फर्किएको जानकारी दिए । 
    
निमित्त प्रजिअ गौतमले फर्किएका विद्यार्थीले केआईआईटीका प्रशासनले धम्की र मानसिक यातना दिएको गुनासो गरेको जानकारी दिए । रासस
    
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, फागुन ७, २०८१  १८:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro