site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सीजीले सार्वजनिक गर्‍यो नथिङको सीएमएफ फोन, बड्स र वाच, यस्तो छ मूल्य र फिचर 
SkywellSkywell

काठमाडौं । सीजी मोबाइल्सलले नेपालमा नथिङ ब्रान्डका नयाँ उत्पादन सार्वजनिक गरेको छ । जसमा नथिङ सीएमएफ फोन १, सीएमएफ बड्स प्रो २ र सीएमएफ वाच प्रो २ रहेको छ । कम्पनीले सोमबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै यी नयाँ उत्पादन सार्वजनिक गरेको हो ।

सीएमएफ फोन १ मा मिडियाटेक डाइमेन्सिटी ७३०० फाईभजी चिप छ । फोनमा ५० मेगापिक्सेलको मुख्य र १६ मेगापिक्सेलको सेल्फी क्यामेरा छ । आठ जीबी र्‍यामलाई आठ जीबी बढाएर १६ जीबी पुर्‍याउन सकिन्छ । फोनको स्टोरेज दुई टेराबाइटसम्म बढाउन सकिने कम्पनीले जनाएको छ ।

फोनमा १२० हर्जको रिफ्रेश रेट र दुई हजार निट्सको पिक ब्राइटेनेस छ । नथिङको सीएमएफ फोन १ मा पाँच हजार एमएएच ब्याट्री छ ।

KFC Island Ad
NIC Asia

449604497_1006363904262497_3245367632737326778_n-1720435607.jpg
 

त्यस्तै, सीजीले नथिङ फोनको नेपाल ब्रान्ड एम्बेसडरमा प्रदीप खड्कालाई नियुक्त गरेको छ ।

कार्यक्रममा सीजीका म्यानेजिङ डाइरेक्टर निर्वाण चौधरीले नेपालमा नाथिङ र सीएमएफ सार्वजनिक गर्न पाएकोमा खुसी व्यक्त गरे ।

उनले भारतमा केही अघि ४५ मिनेटमा ४५ हजार सेल भएको बताउँदै नेपालमा पनि आजैदेखि फोन देशभर उपलब्ध हुने बताए । उनले सुपथ मूल्यमा ग्लोबल लेभलको प्रोडक्ट नेपालमा उपलब्ध गराउन चाहेको बताए ।

सीएमएफ फोन १ को आठ जीबी र्‍याम र १२८ जीबी भेरियन्टको मूल्य ३६ हजार ९९९ छ । १२ जीबी र्‍याम र २२८ जीबी भेरियन्टको मूल्य ४१ हजार ४९९ रुपैयाँ छ ।

449798091_1711771339564750_5509787593673099446_n-1720435607.jpg
सीएमएफ फोन २ को आठ जीबी र्‍याम र १२८ जीबी भेरियन्टको मूल्य ४८ हजार ९९९ छ । १२ जीबी र्‍याम र २२८ जीबी भेरियन्टको मूल्य ५२ हजार ९९९ रुपैयाँ छ ।

आगामी तीन दिनसम्म सीजी डिजिटलबाट खरिद गर्दा एक हजार रुपैयाँ छुट छ । दराज अनलाइनबाट खरिद गर्दा पनि ५०० रुपैयाँ छुट र अन्य भौचर मिल्ने कम्पनीले जनाएको छ ।

नथिङ बड्स प्रो २
यो बड्सले ४५ घण्टा चार्ज टिक्ने कम्पनीले जनाएको छ । १० मिनेट चार्ज गर्दा यसले सात घण्टाको प्लेब्याक दिने कम्पनीको भनाइ छ ।

च्याट जीपीटी समेत सपोर्ट गर्ने यो बड्समा आईपी ५५ वाटर एन्ड डस्ट रेसिस्टेन्स छ । बडस् प्रो २ मा स्मार्ट एक्टिभ नोइज क्यान्सिलेसन प्रविधि छ । यो बड्स चार रङमा उपलब्ध छ ।

वाच प्रो २
यो स्मार्ट वाचमा १.३२ इन्चको अमोलेड डिस्प्ले छ । जसमा ६० एफपीएस रिफ्रेश रेट र ६२० निट्सको ब्राइट्नेस छ । एक हजार बढी वाच फेसस रहेको घडीले हार्ट रेट, निन्द्रा,  स्ट्रेस र अक्सिजनको मापन गर्छ । घडीमा मल्टिसिस्टम जीपीएस रहेको कम्पनीले जनाएको छ ।

448876886_1025263621873692_6413109690274658642_n-1720435606.jpg
 

११ दिन चार्ज टिक्ने घडीमा १२० स्पोर्ट मोड छन् । ब्लुटुथ कलदेखि घडीमा गेस्चर कन्ट्रोल सिस्टम रहेको छ । घडी चार रङ अप्सनमा उपलब्ध छ ।बड्स र वाच नेपालमा अहिले उपलब्ध भइनसकेको कम्पनीले जनाएको छ ।

यो सबै प्रोडक्ट्स सिजी डिजिटल र दराजबाट तथा अन्य अफलाइन स्टोरबाट देशभर खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार २४, २०८१  १६:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
किन नहोस् त देश बर्बाद !
किन नहोस् त देश बर्बाद !
SubisuSubisu
Hamro patroHamro patro