अर्थ व्यवसाय

काठमाडौं । सामसङले बाढीमा परी बिग्रिएका फोन निःशुल्क बनाइदिने भएको छ । अविरले वर्षापछि आएको बाढीपहिरोले बिग्रिएका सामसङ फोन निःशुल्क बनाइदिने भएको हो ।
सामसङले ‘फ्लड केयर २०२४ अभियान’ मार्फत सामसङ डिभाइसको मर्मत तथा पाटपुर्जा निःशुल्क बनाउने जनाएको छ । सामसङका वारेन्टी भएका डिभाइसहरूमा यो अफर लागु हुने कम्पनीले जनाएको छ ।
ग्राहकले नजिकैको सामसङ सेवा केन्द्रहरूमा असोज १८ देखि २७ सम्म यो सेवा लिन सक्ने कम्पनीको भनाइ छ ।
प्रकाशित मिति: आइतबार, असोज २०, २०८१ १२:०१
प्रतिक्रिया दिनुहोस्