site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नेपाल–बंगलादेश विद्युत् बिक्री सम्झौता ऐतिहासिक : इप्पान

काठमाडौं ।  नेपाल र बंगलादेशबीच भएको विद्युत् बिक्री सम्झौता (पीएसए) नेपालको ऊर्जा क्षेत्रमा ऐतिहासिक भएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले जनाएको छ । 

बंगलादेश सरकारले सन् २०३९ भित्र नेपालबाट ९ हजार मेगावाट आयात गर्ने लक्ष्य राखेको र नेपालले आगामी १० वर्षभित्र पाँच हजार मेगावाट निर्यात गर्ने लक्ष्य राखेको छ । लक्ष्य कार्यान्वयन गर्न सकेमा यसले नेपाल र बंगलादेशबीचको बिजुली व्यापारमा वृद्धि भई नेपालको अर्थतन्त्रमा पनि उल्लेखनीय योगदान पुग्ने इप्पानको भनाइ छ ।

Dabur Nepal
NIC Asia

दुई देशको सरकार र निजी क्षेत्रबीचमा ऊर्जा विकास र विस्तारका लागि सहकार्य, साझेदारी र लगानी आदानप्रदानका लागि बाटो खुलेको इप्पानको भनाइ छ ।

सम्झौतासँगै अब नेपाल विद्युत् प्राधिकरणले रोकिराखेको विद्युत् खरिद सम्झौता (पीपीए)को पूर्ण रूपमा खुला  गर्न पनि इप्पानले माग गरेको छ । भारत र बंगलादेशमा लक्ष्य अनुसारको निर्यातका लागि तत्काल नीतिगत र प्रक्रियागत सुधारका लागि पनि सरकारसँग इप्पानले आग्रह गरेको छ ।

नेपालमा विद्युत् उत्पादन भएको ११३ वर्ष पुगेको छ । हालसम्म करिब ३२०० मेगावाट विद्युत् उत्पादन क्षमता पुगेकोमा २५५० मेगावाट अर्थात् ८० प्रतिशत निजी क्षेत्रबाट उत्पादन भइरहेको छ । हाल निजी क्षेत्रका चार हजार मेगावाट बराबरका आयोजना निर्माणाधीन अवस्थामा छन् भने १४ हजार मेगावाट बराबरका आयोजना निर्माणमा जान लागेका छन् । ती आयोजनामा लगानीसँगै निर्माण, परामर्शदाता, इक्वेपमेन्ट आपूर्ति लगायतका अवसर पनि छन् । यी अवसरमा बंगलादेश र नेपालका निजी क्षेत्रले सहकार्य र साझेदारी गर्ने सम्भावना धेरै छ । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज २०, २०८१  १३:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro