site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
माछापुच्छ्रे  बैंकले मनायो २४औँ वार्षिकोेत्सव 

काठमाडौं । माछापुच्छ्रे बैंकले २४औँ वार्षिकोत्सव सामाजिक उत्तरदायित्वका कार्यक्रमसहित मनाएको छ । यसै अवसरमा बैंकले असोज १८ गते केन्द्रीय कार्यालय तथा बैंकका सम्पूर्ण शाखा कार्यालयमा वार्षिकोत्सव मनाएको हो ।

हरेक वर्ष असोज १७ गतेलाई वार्षिकोत्सव दिनको रूपमा मनाउँदै आएको बैंकले यस वर्ष आफ्ना ग्राहकहरूलाई विभिन्न प्रकारका विशेष सुविधा प्रदान गरेको छ । 

जसअन्तर्गत बैंकले वृद्धाश्रम तथा बालमन्दिरहरूमा सहयोग, वृक्षरोपण, वित्तीय साक्षरता प्रवर्द्धन कार्यक्रम जस्ता सामाजिक उत्तरदायित्वमा केन्द्रित गतिविधिहरू सञ्चालन गरिरहेको बताइएको छ ।

बाढीपहिरोमा परी विस्थापित काभ्रेको रोशी गाउँपालिका–१ र २ का पीडित घरपरिवारलाई २०० थान ब्लाङ्केट बैंकले प्रदान गरेको छ । बाढीपहिरोका कारण विभिन्न स्थानमा बाटो अवरुद्ध हुदाँ बैंकले उक्त ब्लाङ्केटहरू रोशी गाँउपालिकाका अध्यक्ष दिनेश लामालाई हस्तान्तरण गरेको हो । यसलगायत बैंकका विभिन्न शाखा कार्यालयको माध्यमबाट स्थानीय तहमा आवश्यक विभिन्न सामाजिक कार्यमा सहभागी हुदै आएको छ ।

असोज १ देखि ३० गतेसम्म बैंकको मोबाइल बैंकिङ, डेबिट कार्ड, क्रेडिट कार्ड, डलर क्रेडिट तथा डलर प्रिपेड कार्ड लिने नयाँ ग्राहक महानुभावहरूलाई विशेष छुटको योजना ल्याएको छ । जसअन्र्तगत बैंकको डेबिट कार्ड लिने ग्राहकले पहिलो वर्षको जारी शुल्कमा शतप्रतिशत छुट र त्यसपछिको दुई वर्षसम्म पनि कार्ड नवीकरण शुल्कमा शतप्रतिशत छुट प्रदान गरिरहेको छ । बैंकले क्रेडिट कार्ड जारी गर्दा सदस्यता तथा जारी शुल्कमा आकर्षक प्याकेज बनाई पाँच वर्ष अवधिको लागि एकमुष्ट दुई हजार ४०० रुपैयाँ मात्रमा प्रदान गरिरहेको छ ।

साथै बैंकले मोबाइल बैंकिङ सेवाको सदस्यता शुल्कमा वार्षिक ५० प्रतिशतसम्मको छुट, डलर क्रेडिट कार्ड र डलर प्रिपेड कार्ड जारी गर्दा जारी शुल्कमा पहिलो वर्ष २४ प्रतिशतसम्मको छुट प्रदान गर्नेछ । माछापुच्छ्रे बैंकले १६५ शाखा कार्यालय, २०१ एटीएम, १११ शाखारहित बैंकिङ सेवा, १२ एक्सटेन्सन काउन्टरमार्फत सेवा दिँदै आएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, असोज २०, २०८१  १४:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro