site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सुनको दैनिक आयात कोटा बढाउन तयार छौँ : उद्योगमन्त्री

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले दैनिक आायत गरिने सुनको कोटा बढाउन सरकार तयार रहेको बताएका छन् । नेपाल रत्न तथा आभूषण संघको १९औँ वार्षिक साधारणसभामा शनिबार काठमाडौंमा उनले यस्तो बताएका हुन् ।

हाल नेपाल राष्ट्र बैंकले दैनिक आयात गरिने सुनको कोटा २० केजी पुर्‍याएको छ । वाणिज्य बैंकहरूले प्रतिदिन २० केजी सुन आयात गर्न पाउँछन् । तर, आवश्यक परेको भए प्रतिदिन ४० केजीसम्म सुनको कोटा बढाउन सकिने उद्योगमन्त्री भण्डारीले बताए ।

मन्त्रालय सुनको कोटा प्रणालीलाई संशोधन गरेर जान तयार रहेको उनले उल्लेख गरे । उनले गरगहना क्षेत्रको रोजगारी र व्यवसाय जोगाउन सरकार प्रतिबद्ध रहेको बताए । न्युज एजेन्सी नेपाल
 

प्रकाशित मिति: आइतबार, असोज २०, २०८१  १४:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro