site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
एक अर्ब लगानीमा चितवनको लंकालाइनमा ‘रिसोर्ट’ सञ्चालन
SkywellSkywell

चितवन । कालिका नगरपालिका–१ स्थित लंकालाइनमा एक अर्ब रुपैयाँभन्दा धेरै लगानीमा ‘रिसोर्ट’ सञ्चालनमा ल्याइएको छ ।  हिमाल, पहाड र तराईको रहनसहनअनुसारका परिकार पस्किने र संस्कृतिलाई जीवन्त झल्काउने गरी पर्यटन व्यवसायी लाक्पा ढुण्डुप लामाका अगुवाइमा रिसोर्ट सञ्चालनमा आएको हो । 

व्यवसायी लामाले गोरखाको विकट चुमनुब्री गाउँपालिकाको नामरुङमा पनि रिसोर्ट सञ्चालन गर्दै आएका छन् । जहाँ बाह्य पर्यटक हेलिकोप्टरमार्फत पुग्ने गर्दछन् ।

KFC Island Ad
NIC Asia

उनले भने, “लंकालाइनमा सञ्चालित रिसोर्टको विशेषता भनेकै हिमाल, पहाड र तराई सबै भूगोलका परिकार, रहनसहन र संस्कृतिलाई एकै स्थानमा पस्किने नै हो ।”  

रिसोर्टका अर्का सञ्चालक सुशील चौधरीका अनुसार स्वस्थ रहन रिसोर्टका सबै कोठामा ‘वेलनेस प्रविधि’समेत जडान गरिएका छन् ।

“रिसोर्टलाई प्रविधि र सेवा सुविधाका दृष्टिकोणले उत्कृष्ट बनाउने प्रयास गरिएको छ । सबै भौगोलिक क्षेत्रअनुसारका संस्कृति, रहनसहन, जनजीवन झल्काउने तीन भिल्ला रिसोर्टमा छन्,” उनले भने, “पौडीपोखरी भिल्लाभित्रै छन् । एउटा भिल्ला सञ्चालनमा आइसकेको छ । दुई सञ्चालनको अन्तिम तयारीमा छन् ।”
 
उनका अनुसार दुई बिघा क्षेत्रफलमा फैलिएको रिसोर्टमा थारु सांस्कृति झल्किने आठ कोठा पनि छन्  । रिसोर्टको व्यवस्थापकीय जिम्मेवारी मलेसियन नागरिक डोनाल्ड चले निर्वाह गरिरहेका छन् । 

पर्यटन व्यवसायी लामा, चौधरी र राजेन्द्र महतोको साझेदारीमा उक्त रिसोर्ट सञ्चालनमा आएको हो । व्यवसायी लामाका अनुसार अत्याधुनिक रिसोर्टमा आकस्मिक स्वास्थ्य उपचारसहित हेलिप्याडको समेत सुविधा रहेको छ । निजी भिल्ला लिएर बस्ने पाहुनाले निजी स्वीमिङ पुल, साउना, ज्याकुचीलगायतको सुविधा पाउनेछन् ।
 
यहाँ हिमाल वरपरको स्याउका परिकार, भिर मौरीको मह, यार्सागुम्बालगायत जडीबुटी, जडीबुटीबाट निर्मित तेल, हिमाली खाद्यान्न बिक्रीका लागि राखिएका छन् । “चितवनको थारु परिकार, जनजीवन रिसोर्टमा पाइन्छ । रिसोर्टमा हालसम्म रु ५० करोडभन्दा बढी लगानी भइसकेको छ,” व्यवसायी लामाले भने, “आगामी ६ महिनाभित्रमा पूर्णरुपमा सञ्चालन आउँदै गर्दा लगानी रु एक अर्ब माथि नै पुग्नेछ ।” 
    
यहाँ आएका पर्यटकलाई चितवन राष्ट्रिय निकुञ्ज, सिराइचुली, देवघाटलगायतका पर्यटकीय गन्तव्यमा घुमाउने व्यवस्था मिलाएको व्यवसायी चौधरीले बताए । रासस

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार २४, २०८१  ०९:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
किन नहोस् त देश बर्बाद !
किन नहोस् त देश बर्बाद !
SubisuSubisu
Hamro patroHamro patro