site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
विदेश
Global Ime bankGlobal Ime bank
इरान–इजरायलबीच युद्ध हुन लागेको हो ?
SkywellSkywell

काठमाडौं । इरानले मंगलबार राति इजरायलमाथि मिसाइल हमला गर्‍यो । इजरायलको रक्षा संयन्त्र ‘आइरन डोम’लाई चक्मा दिँदै इरानी मिसाइल इजरायली भूमिमा खसेका छन् । 

यस वर्ष इजरायलमाथि इरानले गरेको यो दोस्रो हमला हो । गएको अप्रिलमा पनि इरानले इजरायलमाथि मिसाइल हमला गरेको थियो । मंगलबार राति इरानले इजरायलमा १८१ वटा ‘ब्यालिस्टिक’ मिसाइल प्रहार गरेको थियो ।

गएको अप्रिलको तुलनामा यो हमला ठूलो हो । पाँच महिनाअगाडि अप्रिलमा इरानले इजरायलमाथि १४० वटा मिसाइल प्रहार गरेको थियो । अप्रिलमा प्रहार गरिएका मिसाइलभन्दा यसपटक प्रहार गरिएका बढी शक्तिशाली रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

KFC Island Ad
NIC Asia

इरानबाट इजरायलमाथि इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी)ले गरेको हो । आईआरजीसीका अनुसार उसले प्रहार गरेका मिसाइलमध्ये ९० प्रतिशत मिसाइल निसानामा लागेका छन् । तर, इजरायलले भने इरानबाट आएका अधिकांश मिसाइल आफूले आकाशमै नष्ट गरेको दाबी गरिरहेको छ ।

इरानले हानेका मिसाइलबाट अहिलेसम्म इजरायली नागरिकको मृत्यु भएको खबर आएको छैन । इजरायली सेनाका अनुसार इरानी मिसाइलबाट इजरायलको वेष्ट ब्याकंमा एक प्यालेस्टीनियन नागरिकको मृत्यु भएको छ ।

इजरायलले लेबनानमा हिजबुल्लाहका प्रमुख हसन नसरल्लाह र आईआरजीसीका कमान्डर अब्बास निलफोरोशनको हत्या गरेको थियो । यी हत्याको बदला लिन इजरायलमाथि मिसाइल आक्रमण गरेको आईआरजीसीको दाबी छ । गएको जुलाईमा इजरायलले हमासका राजनीतिक नेता इस्माइल हनियाको हत्या गरेको थियो । समाचार संस्था रोयटर्सका अनुसार इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनेईले नै इजरायलमाथि आक्रमण गर्ने अनुमति दिएको थियो ।

इरानले इजरायलको अस्तित्व स्वीकार गर्दैन । यता, इजरायल भने आफ्नो अस्तित्वका लागि इरानलाई खतरा ठान्छ । इजरायलले इरानविरुद्ध वर्षौंदेखि गोप्य अपरेसन गर्दै आएको छ । इजरायलले सन् २०१० मा इरानका न्यूक्लियर वैज्ञानिकको कम्प्युटर विस्फोट गराएर हत्या गरेको थियो । कम्प्युटरमा भाइरस पठाएर विस्फोट गराएका थिए । ती वैज्ञानिकको हत्या गरिएको थियो भने यही विस्फोटका कारण इरानको न्यूक्लियर हतियार÷उर्जा निर्माण गर्ने मुख्य प्रविधि पनि ध्वस्त गरेको थियो । 

त्यसैगरी सन् २०२० मा मोहसेन फकहरिजादेह नामका अर्का न्यूक्लियर वैज्ञानिकलाई इजरायलले एउटा गाडीमा कृत्रिम बौद्धिकता प्रयोग गरिएको मेसिन गन फिट गरेर मारेको थियो । रिमोटबाट सञ्चालित हुने यो बन्दुकमा अनुहार पहिचान गर्न सक्ने प्रविधि थियो ।

इरानको हमलापछि इजरायलले आफ्नो सुरक्षा बैठक नै बंकरमा गर्नु परेको छ । इजरायलसँग हवाई सुरक्षाको महंगो र ठूलो सिस्टम ‘आइरन डोम’ छ । ‘आइरन डोम’ हिजबुल्लाह, हमासले प्रहार गरेका मिसाइल रोक्न तयार पारिएको सिस्टम हो । यसको प्रयोग मध्यमदेखि लामो दुरीबाट प्रहार भएका मिसाइल रोक्न गरिन्छ । यसले ब्यालिस्टिक र क्रुज मिसाइललाई पनि आकाशमै रोक्छ । लामो दुरीका मिसाइलहरू पृथ्वीको वायुमण्डलभन्दा बाहिरबाट उडान भर्छन् । यस्ता मिसाइल रोक्न इजरायलले एरो–२ र एरो–३ नामक ‘इन्टरसेप्ट’ प्रविधि प्रयोग गर्छ ।

इरानी आक्रमणपछि इजरायलले इरानलाई गम्भीर नतिजा भोग्न तयार हुनु भनेर चेतावनी दिएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इरानले गम्भीर गल्ती गरेको र यसको मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् । इजरायली सेनाले पनि आफूसँग इरानमाथि आक्रमण गर्न योजना भएको बताएका छन् ।

यता इरानी राष्ट्रपति मसुद पेजेश्यिानले पनि इजरायललाई चेतावनी दिएका छन् । उनले इरान युद्धको पक्षमा नभए पनि आफ्ना नागरिकको सुरक्षाका लागि सक्रिय हुने बताएका छन् । इजरायली प्रधानमन्त्री नेतन्याहुलाई सम्बोधन गर्दै उनले लेखेका छन्, “इरान युद्धको पक्षधर होइन तर, कुनै पनि खतराविरुद्ध बलियोसँग उभिन्छ ।” मंगलबारको हमलालाई उनले इरानी क्षमताको एक झलक भएको बताएका छन् ।

यता, बुधबार हिजबुल्लाहले पनि इजरायलमाथि मिसाइल आक्रमण गरेको छ । इजरायली गुप्तचर मोसादको मुख्यालयमा हिजबुल्लाहले आक्रमण गरेको हो । तर, इजरायलले यो हमलालाई निस्तेज गरेको बताएको छ । 

इरान र इजरायलबीचच भइरहेको मिसाइल आक्रमणले त्यस क्षेत्रमा युद्धको खतरा बढाएको छ । इजरायलले लेबनानमा सैनिक पठाएर यो खतरा झनै बढेको समाचार संस्था अलजजिराले लेखेको छ । विज्ञहरूले मध्य पूर्वमा युद्धको खतरा झनै बढेर गएको बताएका छन् । सन् २०२३ यता ४१ हजारभन्दा बढी प्यालेस्टिनियन नागरिक मारेको छ । पछिल्लो समय इजरायलले लेबनानमा प्रवेश गरेर युद्धको खतरा सन्निकट ल्याएको छ । अन्तराष्ट्रिय समाचार संस्थाहरूका अनुसार इरान इजरायलबीच ‘फुल स्केल’ युद्ध हुने सम्भावना न्यून छ । 

तर, इजरायल र इरानबीच मिसाइल हान्ने प्रतिस्पर्धा चलेको छ । बीबीसीका अनुसार इरान र इजरायलबीच चलिरहेको वर्षौंदेखिको छायाँ युद्ध भने अझै चर्किने सम्भावना छ । इजरायल र इरानबीच अहिलेसम्म आमनेसामुने हुनेगरी युद्ध भएको छैन । एजेन्सीको सहयोगमा

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज १७, २०८१  ०७:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
किन नहोस् त देश बर्बाद !
किन नहोस् त देश बर्बाद !
SubisuSubisu
Hamro patroHamro patro