site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
खाद्यले बेच्न थाल्यो खसीबोका र च्यांग्रा, कति छ मूल्य ?
फाइल तस्बिर ।

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आइतबार (आज)देखि खसीबोका र च्यांग्राको बिक्री सुरु गरेको छ । खाद्यले यस वर्षको दसैँमा एक हजार ७०० खसीबोका र च्यांग्रा बिक्री गर्ने जनाएको छ । गत वर्षको दसैँमा तीन हजार खसीबोका र च्यांग्रा खरिद गरेको खाद्यले यस वर्ष घटाएको हो । 

खसीबोकाको मूल्य प्रतिकेजी ६६० रुपैयाँ र च्यांग्राको मूल्य प्रतिकेजी १२२० रुपैयाँ तोकेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रमेश आचार्यले जानकारी दिए । थापाथलीस्थित प्रादेशिक कार्यालयबाट खसीबोका र च्यांग्राको बिक्री भइरहेको उनले बताए ।  

यसपटकको दसैँलाई एक हजार ४०० खसीबोका र ३०० च्यांग्रा खरिद गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी वाग्मती प्रादेशिक प्रमुख ज्ञानु थापाले जानकारी दिइन् ।

उनका अनुसार, मुस्ताङबाट ३०० वटा च्यांग्रा खरिद गरिएको छ । दाङ, नवलपुर र वीरगन्जबाट एक हजार ४०० खसीबोका खरिद गरिएको छ ।

यो वर्ष दाङबाट ४००, नवलपुरबाट ५०० र वीरगन्जबाट ५०० गरी कुल एक हजार ४०० खसीबोका खरिद गरिएको प्रादेशिक प्रमुख थापाले बताइन् ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज २०, २०८१  ०९:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro