site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कैलालीमा एउटै फार्मका पाँच हजार बढी कुखुरा मरे
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

कैलाली । कैलालीको घोडाघोडी नगरपालिका–८ मा गम्बोरो रोगका कारण पाँच हजार बढी कुखुरा मरेका छन् । किसान पहल देउवाले पालेका पाँच हजार बढी लेयर्स कुखुरा मरेका हुन् ।

आफ्नो फार्ममा यसअघि गम्बोरो रोग कहिले नदेखिएको देउवाले बताए । “यो रोगका कारण यति धेरै कुखुरा मरेको पहिलोपटक हो । कुखुरा बिरामी भएको थाहा पाउनेबित्तिकै ल्याब परीक्षण गर्दा गम्बोरो रोग लागेको पहिचान भएको थियो । भ्याक्सिन, औषधि दिँदादिँदै पनि खोर नै रित्तिने गरी कुखुरा मरेपछि ३० लाख रुपैयाँ बढीको क्षति छ,” उनले भने ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

घोडाघोडी नगरपालिकाको पशु शाखाका प्राविधिक मनोज आचार्यले पनि गम्बोरो रोगका कारण पहिलोपटक पालिकामा क्षेत्रमा यति धेरै क्षति भएको बताए । उनले भने, “पाँच हजार ७०० कुखुराका चल्ला ल्याएकामा अब ६–७०० बचेका छन्, ती पनि मरिरहेका छन् । यति धेरै क्षति भएकामा हामी पनि चिन्तित छौँ ।”

चाडपर्व नजिकिँदै जाँदा भएको क्षतिले देउवा परिवार मर्माहत छ । “चाडपर्व पनि नजिकिँदै छ । ठूलो सपना बोकेर कुखुरा हुर्काइरहेका थियौँ, तर एकैपटक यो बज्रपात आइलाग्यो । सरकारले पशु बिमा कार्यक्रमअन्तर्गत कुखुराको पनि बिमा गर्ने सुविधा गरिदिएको भए हामीजस्ता किसानलाई केही राहत मिल्थ्यो । भैँसी, बाख्राको बिमा भए पनि कुखुरा, माछाको हुँदैन । इन्सुरेन्स पनि गरेको छैन । अब क्षतिपूर्ति गर्ने कुनै उपाय पनि छैन,” उनले भने ।

Royal Enfield Island Ad

देउवाले केही समयअघि कुखुराको इन्स्योरेन्स गर्नका निम्ति नेपाल सरकारको स्वामित्वमा रहेको राष्ट्रिय बिमा संस्थानलाई प्रक्रिया पु¥याएर आवश्यक कागजात पनि बुझाएको सुनाए । पछि संस्थानको जिल्लास्थित कार्यालयले ‘माथिको आदेश’ भन्दै बिमा नगर्ने जानकारी गराएको उनको भनाइ छ ।

“जताबाट पनि किसान नै मारमा पर्ने गरेका छौँ । कोरोनाको समयमा पनि लाखौँको क्षति भयो । फेरि हाल खोर नै रित्तियो । अब त आफ्नै ठाउँमा केही गरौँ भन्ने इच्छा पनि मर्दै गएको छ,” देउवाले मनको बह पोखे । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज १९, २०८१  २२:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro