site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सरकारले क्याबिन क्रुको उमेरहद ५० वर्ष पुर्‍यायो
फाइल तस्बिर ।

काठमाडौं । सरकारले विमान परिचालक/परिचालिकाको ४५ को उमेरहदलाई ५० वर्ष पुर्‍याउने भएको छ । ४५ वर्षे प्रावधान हटाउन माग गर्दै आन्दोलनरत क्याबिन क्रु सदस्यसँग शनिबार छलफलपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल वायुसेवा निगमलाई उमेरहदलाई ५० बनाएर अघि बढ्न निर्देशन दिएका हुन् ।

बैठकपछि सञ्चारकर्मीसँग मन्त्री पाण्डेले क्याबिन क्रु मेम्बरले आफूहरूमाथि भेदभाव भएको, विभिन्न सेवा, सुविधाबाट वञ्चित गरिएको, मागको सुनुवाइ नभएको विषय राखेका र सरकारले गम्भीरतापूर्वक लिएर समस्या समाधान गरेको बताए । उनले अदालतमा रहेको मुद्दाका बारेमा महान्यायाधिवक्ता कार्यालयसँग राय लिएर अघि बढ्ने निष्कर्ष बैठकबाट निकालिएको जानकारी गराए ।

हाल औसत आयु बढेको र विभिन्न अनुभव र तालिममा गरिएको लगानीलाई हेर्दा पनि उमेरहद ५० वर्ष पुर्‍याउँदा फाइदा हुने उनले बताए । “...४५ को उमेरहदलाई ५० मा पुर्‍याउने निष्कर्षमा पुगेका छौँ,” उनले भने, “त्यो गर्नुस् भनेर निगमको व्यवस्थापनलाई भनेका छौँ । सबै प्रकारका आन्दोलनका कार्यक्रमहरू स्थगित गर्ने र काममा फर्किने प्रतिबद्धता जनाउनुभएको छ ।”

क्याबिन क्रुको हड्तालका कारण शुक्रबार राति साढे ११ बजेको निगमको काठमाडौं–दुबई उडान रद्द भएको थियो । ३२८ यात्रु अलपत्र परेका थिए ।

निगममा कार्यरत परिचालक/परिचालिकाको संस्था नेपाल वायुसेवा क्याबिन क्रु संघले ४५ वर्षपछि अनिवार्य अवकाशमा जाने नियम, सेवा सुविधामा विभेद भएको भन्दै ०८० पुसमा सर्वोच्च अदालतमा रिट निवदेन दिएको थियो । उक्त मुद्दाको किनारा लागेको छैन ।

निगमले ४५ वर्ष उमेर पुगेका क्याबिन क्रुको करार नवीकरण नगरेपछि यही असोज १६ गतेयता उनीहरू पुनः आन्दोलनमा थिए । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: शनिबार, असोज १९, २०८१  १६:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro