site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
विदेश
Global Ime bankGlobal Ime bank
फ्रान्समा परिणाम उल्टियो : दक्षिणपन्थी पछि पर्दा वामपन्थी अगाडि
SkywellSkywell

पेरिस । फ्रान्सको संसदीय चुनावको दोस्रो चरणमा आइतबार भएको निर्वाचनमा आम अपेक्षा विपरीत वामपन्थी समूह सबैभन्दा अघि देखिएको छ । पहिलो चरणको निर्वाचनमा घोर दक्षिणपन्थी अघि थियो । 

अहिलेसम्मको नतिजामा वामपन्थी समूह न्यू पपुलर फ्रन्ट १८२ सिटका साथ सबैभन्दा अघि देखिएको छ । दोस्रोमा राष्ट्रपति इम्यानुएल म्याक्रोको मध्यमार्गी गठबन्धन एनसेम्बल अलाइन्सले १६८ सिटका साथ प्रतिस्पर्धामा देखिएको छ । पहिलो चरणमा सबैभन्दा अघि देखिएको नेसनल र्याली १४३ सिटका साथ तेस्रो स्थानमा पुगेको छ । 

KFC Island Ad
NIC Asia

एक्जिट पोलमा घोर दक्षिणपन्थी नेसनल र्‍याली तेस्रो स्थानमा पुग्ने अनुमान सार्वजनिक भएपछि राति पेरिसका सडकमा हजारौं मानिस खुसियाली मनाउन निस्किएका थिए । 

पहिलो चरणको निर्वाचनमा दक्षिणपन्थी पार्टी अघि देखिएपछि फ्रान्सका मध्यमार्गी र वामपन्थी पार्टीले दोस्रो चरणको निर्वाचनमा तालमेल गरेका थिए । दुवै समूहका २०० भन्दा बढी उमेदवारले उमेदवारी फिर्ता लिएर एक अर्कालाई सघाएपछि दक्षिणपन्थीको यात्रामा बिराम लागेको हो । 

दक्षिणपन्थी नेता २८ वर्षिय जोर्डन बर्डेला प्रधानमन्त्री बन्ने सम्भावनामा भने अब बिराम लागेको छ । पछिल्लो एक्जिट पोलपछि प्रतिक्रिया दिँदै उनले भनेका छन्, “गैरइमान्दारको गठबन्धनले हाम्रो पार्टीलाई सत्ताबाट टाढा लगेर फ्रान्सलाई कट्टर वामपन्थीको हातमा हालिदिएका छन् ।” बीबीसी
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार २४, २०८१  ०८:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
किन नहोस् त देश बर्बाद !
किन नहोस् त देश बर्बाद !
SubisuSubisu
Hamro patroHamro patro