site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
कोसी लोकसेवा आयोगको अध्यक्षमा पूर्वसचिव गुरागाईं सिफारिस

विराटनगर । कोसी प्रदेशको लोकसेवा आयोगको अध्यक्षमा पूर्वसचिव महेन्द्रप्रसाद गुरागाईं सिफारिस भएका छन् ।

आइतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षता बसेको सिफारिस समितिको बैठकले उनलाई नियुक्त गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

लामो समय निजामती सेवामा काम गरेका गुरागाईंसँग लोकसेवा आयोगमा काम गरेको अनुभव छ । उनले दुई वर्षअघि सेवाबाट अवकाश पाएका थिए ।

सिफारिस समितिमा मुख्यमन्त्री, प्रदेश सभाका सभामुख र विपक्षी दलका नेता रहने कानुनी व्यवस्था छ । प्रदेश लोकसेवा आयोग ऐन, २०७६ अनुसार आयोगको अध्यक्षको समयावधि ६ वर्षको हुन्छ ।

यसअघिका अध्यक्ष उत्तम भट्टराई उमेर हदका कारण अवकाशमा गएका थिए ।

प्रकाशित मिति: आइतबार, असार २३, २०८१  १६:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro