विदेश
गुजरात । भारतको गुजरातको सुरतमा ६ तले भवन भत्किदा ७ जनाको मृत्यु भएको छ ।
जिल्ला डीसीपी राजेश परमारका अनुसार १२ घण्टा देखि चलिरहेको उद्धार अभियानमा ७ वटा शव निकालिएको छ भने भत्किएको भवनको भग्नावशेष हटाउने काम जारी रहेको छ ।
गुजरातको सुरतस्थित सचिन पाली गाउँमा रहेको सो ६ तले भवन भत्किएको हो । सो घटना शनिबार दिउँसो करिब ३ बजेको हो । घटनाको समयमा ठूलो आवाज आएकोले स्थानीय मानिसले भूकम्प आएको ठानेका थिए । ठूलो आवाज आएको सुनेर बाहिर हेर्दा भवन ढलेको पाएको स्थानीयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, असार २३, २०८१ ०९:३१
प्रतिक्रिया दिनुहोस्