site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘स्वर्ग–नर्क सँगै जाने’ कसम खाएका ओली–दाहाललाई फुटाउने धितोपत्र बोर्ड 
SkywellSkywell

काठमाडौं । धितोपत्र बोर्ड अध्यक्ष कसलाई बनाउने टकरावबीच एमाले–माओवादी गठबन्धन सरकार धरापमा पर्‍यो । 

‘स्वर्ग–नर्क जाँदा सँगै जाने’ कसम खाएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच देखिने टकराब धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रियानै रह्यो ।

कांग्रेस–माओवादी गठबन्धन सरकारकै समयदेखि रिक्त अध्यक्ष नियुक्ति अझ पर सरेको छ ।

KFC Island Ad
NIC Asia

खासमा कांग्रेससँग गठबन्धन गठबन्धन टुट्नुमा धितोपत्र अध्यक्ष बनेको थियो भने एमाले–माओवादी गठबन्धन टुट्नुमा त्यो नै एक आधार बन्यो । तैपनि माओवादीले आफूले चाहेको मानिस पुर्‍याउन सकेन ।

‘त्यो अध्यक्ष पद’ मा किन यति दलीय आकर्षण अधिक बन्यो ? प्रश्न उब्जिएको छ । विगतमा यो पदमा नियुक्तिबारे कहीँ कतै प्रश्न उब्जेको थिएन । अर्थात् खासमा यो पदमा चासो पनि थिएन । अघिल्लो चोटि कांग्रेस गठबन्धन तोडिनुमा पनि पद नै केन्द्रबिन्दूमा थियो । यसपालि पनि एमाले र माओवादीले ‘आफ्नो मान्छे’ बोर्ड अध्यक्ष बनाउन खोज्दा दुई दलबीच टकराव सिर्जना भयो । 

Royal Enfield Island Ad

‘आखिर त्यो पद त्यति आकर्षक हुनुको कारण के रहेछ ?’ आर्थिक वा शक्ति मामला नजोडिइकन पद आकर्षक हुँदैन । अवश्य पनि धितोपत्र बोर्ड अध्यक्षसँग आर्थिक मामला जोडिएकै हुनुपर्छ, सत्ता नेतृत्वबीच टकराव उत्पन्न हुनुमा ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू अनुकूलको व्यक्ति बोर्ड अध्यक्ष बनाउन खोज्दा अर्थमन्त्री वर्षमान पुनले साथ दिएनन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ओलीले ‘सर्टलिस्ट’मा परेकामध्ये आफू अनुकूलको उमेदवार अध्यक्ष नियुक्ति गर्न दबाब दिएका थिए । 

तर, अर्थमन्त्री पुन आफूले चाहेको मान्छे बोर्ड अध्यक्ष बनाउन चाहन्थे ।  ओलीले बोर्ड अध्यक्ष नियुक्त गर्नु भनेका व्यक्तिसँग मन्त्री पुन सहमत थिएनन् । सरकार नै धरापमा पर्ने देखेपछि प्रधानमन्त्री दाहालले पनि पुनलाई ओलीले भनेकै व्यक्ति बोर्ड अध्यक्षमा नियुक्त गर्न भनेका थिए । 

राष्ट्रिय योजना अयोगका उपाध्यक्ष मिनबहादुर श्रेष्ठ संयोजक भएको बोर्ड अध्यक्ष सिफारिस समितिले अन्तर्वार्ता र व्यावसायिक प्रस्तुत गर्न ‘सर्टलिस्ट’मा परेका पाँच जनालाई बोलायो ।

पाँच जनामध्ये नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक मुक्ति श्रेष्ठ र शंकर ग्रुप र ओलीले चाहेका उमेदवार सन्तोष नरायण श्रेष्ठ उपस्थित भए । मन्त्री पुनका नजिक मानिने तीनजना उमेदवार अन्तर्वार्ता र व्यावसायिक प्रस्तुतीकरणमा उपस्थित भएनन् । 

अन्तर्वार्ता र व्यावसायिक प्रस्तुतीकरणमा सहभागी नहुनेमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर कार्की, बिमा प्राधिकरण (तत्कालीन बिमा समिति)का अध्यक्ष चिरञ्जिवी चापागाईं र नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारी थिए । 

उनीहरू अन्तर्वार्ता र प्रस्तुतीकरणमा उपस्थित नभएपछि सिफारिस समितिले पुनः सूचना जारी गरी अर्काे दिन बोलाइयो । समितिले बोलाएको दोस्रो दिन पनि तीन उमेदवार उपस्थित भएनन् ।
 
धितोपत्रसम्बन्धी ऐन, २०६३ अनुसार, समितिले योग्य तीन जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गर्नुपर्छ । तर, दुई जना मात्र अन्तर्वार्ता र व्यवसायिक प्रस्तुतीकरणमा उपस्थित भएपछि समितिलाई सिफारिश गर्न कानुनी समस्या पैदा भयो ।

तीन जना सिफारिश मापदण्ड बाधक बनेपछि समितिले महान्यायाधिवक्ताको कार्यालयलाई राय मागेको थियो । समितिले मागेको रायमा महान्यायाधिवक्तको कार्यालयले धितोपत्रसम्बन्धी ऐनमा भएको व्यवस्था अनुसार तीन जना योग्यता पुगेका उमेदवार अध्यक्षका लागि सिफारिस गर्नुपर्ने सुझाव दिएको थियो । 

सहायक न्यायाधिवक्ता प्रतिमा पोख्रेलले हस्ताक्षर गरेको राय पत्रमा भनिएको छ, “नेपाल धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ७ को उपदफा (३) मा धितोपत्र बोर्डको अध्यक्ष सिफारिस गर्न एक समिति रहने र उपदफा (४) मा त्यसरी समितिले नाम सिफारिस गर्दा उक्त ऐन बमोजिम योग्यता पुगेका कम्तीमा तीन जना व्यक्तिको नाम सिफारिस गर्नेछ भन्ने कानुनी व्यवस्था रहेको छ ।” 

त्यस्तै ऐन बमोजिमको योग्यता पुगेका तीनभन्दा बढी संख्यामा समितिले सिफारिस गर्न समेत बाधा पर्ने नदेखिएको पत्रमा उल्लेख छ । 

तर, अन्तर्वार्ता र प्रस्तुतीकरणमा दुई जनामात्र उपस्थित भएपछि समितिमा नै मत बाझिएको थियो । समिति संयोजक श्रेष्ठ, सदस्य अर्थसचिव मधुकुमार मरासिनी र व्यवस्थापनका प्राध्यापक उदय निरौलाको मत बाझिएको थियो । 

संयोजक श्रेष्ठ र सदस्य निरौलाले पाँचै जनाको नाम मन्त्रिपरिषद्मा पठाऊ भनेका थिए । तर, अर्थसचिव मरासिनीले फरक मत राखेपछि यो प्रक्रिया रद्द भएको थियो । 

यसरी प्रक्रिया नै रद्द भएपछि यता सरकारमा रहेको एमालेले सत्ता साझेदार पार्टी माओवादीलाई ‘बाइकेट’ गरेर कांग्रेससँग सरकार बनाउने खेल सुरू गर्‍यो । अध्यक्ष छनोट प्रक्रिया रद्द गरेको दुई दिन पनि नबित्दै सरकारले पुरानै अध्यक्ष सिफारिस समितिलाई निरन्तरता दिने निर्णय गर्‍यो । एमालेलाई फकाउन उसले भनेकै उमेदवारलाई अध्यक्ष बनाउन माओवादीले यस्तो निर्णय गरेको पनि स्रोतको दाबी छ । 

तर, अध्यक्ष सिफारिस प्रक्रिया रद्द भएपछि अन्तर्वार्ता र प्रस्तुतीकरणमा सहभागी सन्तोष नारायणले सर्वाेच्चमा रिट दायर गरे । उनले दायर गरेको रिटमा सर्वाेच्चले तत्काल यो प्रक्रिया नरोक्न अन्तरिम आदेशसमेत दिएको छ । 

धितोपत्र ऐनमा अध्यक्ष छनोटसम्बन्धी व्यवस्था के छ  ? 

धितोपत्रसम्बन्धी ऐनको दफा ७ को उपदफा (२) मा ‘अध्यक्षको नियुक्ति गर्दा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी धितोपत्र बजार व्यवस्थापन, पुँजी बजार विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानुन क्षेत्रमा कम्तीमा ७ वर्ष काम गरेका लब्ध प्रतिष्ठित व्यक्तिहरु मध्येबाट उपयुक्त व्यक्तिलाई अध्यक्षको पदमा नियुक्ति गर्नेछ,’ भनिएको छ ।
 
लब्ध प्रतिष्ठित व्यक्ति भन्नाले उनीहरू एक प्रकारले आफ्नो क्षेत्रमा विशिष्ठता हासिल गरेका हुन्छन् भन्ने मान्यता छ । उनीहरूलाई कार्यविधि बनाएर अन्तर्वार्ता र व्यावसायिक प्रस्तुतीकरण लिनुपर्ने आवश्यकता पनि हुँदैन । 

किनभने धितोपत्र बोर्ड पुँजी बजार नियमन गर्ने निकाय हो । यसमा व्यावसायिक योजना के हुन्छ ? ऐनमा पुँजी बजार विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानुन क्षेत्रमा कम्पतीमा ७ वर्ष काम गरेको स्पष्ट भनिएको छ । 

एउटा विशिष्ठता हासिल गरेको व्यक्तिलाई सिफारिस समितिले अन्तर्वार्ता र व्यावसायिक प्रस्तुतीकरण राख्नु हास्यास्पद भएको धितोपत्र बजारमा कार्यरत उच्च अधिकारी बताउँछन् । उनका अनुसार, समितिले बनाएको अध्यक्ष छनोट कार्यविधि समितिलाई गलपासो भएको हो । 

पुस २० गते बोर्डको अध्यक्षबाट रमेशकुमार हमाल बिदा भएसँगै अझ कार्यकारी अधिकार प्राप्त अध्यक्ष नियुक्त हुन सकेका छैनन् । हाल अर्थ मन्त्रलायबाट प्रतिनिधित्व गर्ने सदस्य नरेन्द्रकुमार राना अध्यक्षको रूपमा काम गरिरहेका छन् । रानालाई प्रयोग गरेर आफूले चाहेको अनुसार मन्त्री पुनले अर्थ मन्त्रालयकै एक महाशाखा जसरी काम गराइरहेका छन् ।

कार्यकारी अध्यक्ष नभए पनि आईपीओ र हकप्रदका काम अगाडि बढाएका छन् । सात महिनादेखि रोकिएका आईपीओ निस्कासनको स्वीकृति दिन थालेका छन् । यसको सम्पूर्ण जिम्मेवारी बोर्डका कार्यकारी निर्देशक डा. अधिकारीलाई दिइएको छ । डा. अधिकारी सरकारले बनाएको अध्यक्ष सिफारिस समितिले अन्तर्वार्ता र प्रस्तुतीकरणमा बोलाउँदा उपस्थित नहुने अध्यक्षका उमेदवार हुन् । 

डा. अधिकारी आफू अध्यक्षकै हैसियतमा काम गर्न पाउने लोभले अन्तर्वार्ता र व्यावसायिक प्रस्तुतीकरणमा नगएको धितोपत्र बोर्डका एक अधिकारीले बताए । हुन पनि अवस्था हेर्दा त्यस्तै देखिन्छ । 

अर्थमन्त्री पुनले हाल अर्थ मन्त्रालयबाट बोर्डमा प्रतिनिधित्व गरिरहेका रानामार्फत काम गराइ रहेका छन् । राना अर्थ मन्त्रालयको बजेट महाशखा प्रमुख हुन् । कार्यकारी अध्यक्ष नहुँदा स्वत अध्यक्षको रूपमा रहेका रानाले पनि कार्यकारी निर्देशक डा. अधिकारीमार्फत बोर्डका काम कारबाही अगाडि बढाइरहेका छन् ।

तर, आईपीओ तथा हकप्रद जस्ता विषयमा भने आफूले निर्णय लिने स्पष्ट भनेका छन् । उनी कहिले काहीँ मात्र बोर्डमा जान्छन् । उनले बोर्डको काम कारबाहीको जिम्मेवारी डा. अधिकारीलाई दिएको बोर्ड स्रोत बताउँछ । 

आईपीओ निस्कासन स्विकृति दिन डर 

बोर्डले समयमा अध्यक्ष नपाउँदा वर्षौदेखि आईपीओ निस्कासनका लागि निवेदन दिएका कम्पनीहरू मारमा परेका छन् । हालसम्म धितोपत्र बोर्डमा ३४ कम्पनीले आईपीओ निस्कासनका लागि आवेदन दिएका छन् । आईपीओ निस्कासन गर्न दिने अन्तिम चरणमा अध्यक्षको कार्यकाल सकिएपछि रिलायन्स स्पिनिङ्ग मिल्सले ६ महिना कुर्नुपरेको थियो । 

संस्थागत लगानीकर्ताका लागि आईपीओ निस्कासन गर्न गत पुसमा नै अनुमति पाएको कम्पनीले वैदेशिक रोजगारीमा गएका नेपालीलाई आईपीओ निस्कासनका लागि स्वकृति पाउन ६ महिना कुर्नुपरेको थियो । 

यसको कारण थियो, कर्मचारीले अध्यक्षको जिम्मेवारी पाउनु । उनलाई बोर्डका काम कारबाहीको बारेमा थाहा नहुनु र यसअघिका अध्यक्षहरू विवादमा अउनु । किनभने आईपीओ निस्कासन स्वकृति दिँदा यसअघिका अध्यक्षहरू विवादमा परेका थिए । उनीहरूले आर्थिक लोभमा परेर जस्ता पनि कम्पनीलाई आईपीओ दिएको भन्ने आरोप लागेको छ । 

अर्थ मन्त्रालयको कर्मचारी बोर्ड अध्यक्षको जिम्मेवारीमा हुँदा उनीहरू पनि यस्तो कुरामा फस्न सक्ने भन्दै सर्तक छन् । काम देखाउन भए पनि पहिले अध्यक्ष हुँदै अध्ययन सकिएका र विवाद नहुने खालका कम्पनीलाई आईपीओ र हकप्रद निस्कासनको अनुमति दिइएको छ । 

बोर्डको अध्यक्षमा किन हुन्छ आकर्षण ?

कतिपयलाई लाग्न सक्छ, ‘किन यो पद यस्तो आकर्षणको केन्द्र हो त ?’  धितोपत्र बजार भनेको अदृश्य पैसाको बजार हो । यहाँ कम्पनीका धितोपत्रहरू कारोबार हुन्छन् । 

पहुँचवालाहरूले आफू अनुकुल ऐन, नियम र नियमावली बनाउन लगाएर आफूले चाहेको पैसा आर्जन गर्न सक्छन् । जस्तै, प्रिमयम मूल्यमा आईपीओ निस्कासन गर्ने कुरा होस् वा नयाँ धितोपत्रसम्बन्धी काम गर्न नयाँ लाइसेन्स जारी गर्ने कुरा होस्, यसमा पनि अदृश्य पैसाको चलखेल हुनेगर्छ । 

यही बजारबाट राजनीतिक शक्ति परिचालनदेखि व्यावसायिक शक्तिसमेत परिचान गर्न सकिन्छ । त्यही भएर पनि उच्च तहका नेताहरू र व्यापारीहरू यो पदमा आफू अनुकूलको व्यक्ति लान चाहन्छन् । 

व्यापारिक र राजनीतिक स्वार्थ 

धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेन्ज र वस्तु विनिमय बजार सञ्चालनका लागि अनुमति दिनुपर्ने हालको प्रमुख कार्य हो । यसअघिका अध्यक्ष हमालले यी प्रक्रिया अगाडि बढाएका थिए । तर, व्यापारिक र राजनीतिक स्वार्थका कारण यी दुईवटा प्रक्रिया अगाडि बढ्न सकेनन् । हमालले राजनीतिक र व्यावसायिक दबाबकैबीच नयाँ ब्रोकरलाई लाइसेन्स दिलाए । 

नयाँ स्टक एक्सचेन्ज र वस्तु विनिमय बजार सञ्चालनको विषयमा सर्वाेच्चमा मुद्दा समेत प¥यो । नयाँ स्टक एक्सचेन्जको विषयमा विरोधका साथै  स्वागत समेत भएको थियो । 

एक पक्ष नयाँ स्टक एक्सचेन्ज आउँदा अहिलेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) प्रतिस्पर्धी हुने बताउँथे भने एकथरि नेप्सेलाई धरासाई हुने खेल निश्चित व्यवसायी घराना र सरकार बनाउने प्रयास गरेको भन्ने पक्षमा थिए । यहीबीचमा प्रधानमन्त्री प्रचण्डले समेत नयाँ स्टक एक्सचेन्जको लाइसेन्स प्रक्रियालाई रोकेका थिए । 

अब अध्यक्षको मुख्य काम भनेको नयाँ स्टकको लाइसेन्स दिनु हो । यसका लागि व्यवसायीहरूले राजनीतिक दलका नेतासँग सेटिङ मिलाइसकेका छन् । तर, केही समयअघि नयाँ स्टक एक्सचेन्जको लाइसेन्सको विषयमा अध्ययन गर्न राष्ट्र बैंकका सञ्चालक समिति सदस्य तथा पूर्वडेपुटी गभर्नर चिन्तामणि सिवाकोटीको संयोजकत्वमा गठित समितिले पनि लाइसेन्स दिन पर्ने सुझाव दिएको थियो ।
तर नेप्सेलाई पुनः संरचना गरेर प्रतिस्पर्धी बनाउनुपर्ने पनि समितिले सरकारलाई सुझाव दिएको थियो ।

हाल बोर्ड अध्यक्षको सर्टलिस्टमा परेका एक प्रतिस्पर्धीले नयाँ स्टकका लागि पैसा उठाएर बुझाएको समेत स्रोतले बताएको छ । उनले यसरी पैसा उठाएर बुझाएकाले पनि उनी नै अध्यक्ष हुनेमा पक्का थिए । 

तर, पछिल्लो घटनाक्रमले गर्दा उनको बाटो नै रोकिएको थियो । सर्वाेच्चले दिएको अन्तरिम आदेशले भने ती प्रतिस्पर्धीलाई केही राहात दिएको छ ।  
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २०, २०८१  १२:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro