विदेश
लन्डन । बेलायतको तल्लो सदन हाउस अफ कमन्सको ६५० सिटका लागि भएको निर्वाचनमा यो समाचार तयार पार्दासम्म ४३२ सिटको परिणाम आएको छ ।
जसमा विपक्षी लेबर पार्टीले ३०५ सिटमा विजय हासिल गरेको छ । सत्तारुढ कन्जरभेटिव पार्टीले ६४ सिट जितेको छ ।
अन्यमा लिबरल डेमोक्रयाटले ४०, सिन फिनले ५, रिफर्म युकेले ४, स्कटिस नेसनल पार्टीले ४, प्लेइड क्याम्रुले ४, इन्डेपेन्डेन्ट २, डेमोक्रेटिक युनियनिस्ट पार्टीले २, ग्रीनले १ र एलाइन्स पार्टीले १ सिटमा विजय हासिल गरेका छन् ।
बेलायतमा सरकार बनाउने बहुमतका लागि कूल ३२५ सिट आवश्यक पर्छ । बीबीसी
प्रकाशित मिति: शुक्रबार, असार २१, २०८१ १०:२५
प्रतिक्रिया दिनुहोस्