राजनीति
![संसदीय सुनुवाइ समितिको बैठक, उजुरीकर्ताहरूसँग छलफल गर्दै](https://12khari.top/uploads/posts/samsad-sachiwalaya1693185850-1694603144.jpg)
![Global Ime bank](https://baahrakhari.com/uploads/bigyaapan/30885600.gif)
काठमाडौं । संसदीय सुनुवाइ समितिको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ ।
बैठकमा प्रस्तावित निर्वाचन आयुक्तविरुद्ध प्राप्त उजुरीहरूका सम्बन्धमा उजुरीकर्ताहरूसँग छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
संवैधानिक परिषद्को बैठकले कृष्णमान प्रधानलाई निर्वाचन आयुक्तमा सिफारिस गरेको छ । उनीविरुद्ध प्राप्त उजुरीमा उजुरीकर्ताहरूसँग समितिले छलफल गर्न लागेको हो ।
प्रकाशित मिति: बिहीबार, असार २०, २०८१ ०९:०४
प्रतिक्रिया दिनुहोस्