site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
कला
Global Ime bankGlobal Ime bank
‘बेहुली फ्रम मेघौली’को गीतमा खचाखच अविवाहित कलाकार 
SkywellSkywell

काठमाडौं । पोष्ट प्रोडक्सनको चरणमा रहेको चलचित्र ‘बेहुली फ्रम मेघौली’को पहिलो गीत सार्वजनिक भएको छ । थिम गीतको रूपमा सार्वजनिक गरिएको प्रमोसनल गीतसँगै निर्माणपक्षले प्रदर्शन मिति पनि घोषणा गरेको छ । 

शुक्रबार सार्वजनिक चलचित्रको ‘बिहे गर्ने कि नगर्ने ?’ बोलको गीतसँगै चलचित्र असोज १७ गते (घटस्थापना)को दिनबाट प्रदर्शनमा आउनेछ । 

गीतमा अविवाहितहरूलाई समाजले गर्ने प्रश्न समेटिएको छ । बिहे कहिले गर्ने भन्ने आम प्रश्न गीतमा छ । यही प्रश्नसँगै सुरु हुने गीत यही प्रश्नमा टुंगिन्छ । 

KFC Island Ad
NIC Asia

रोहित शाक्यको संगीत रहेको गीतमा कुशल पोखरेलको शब्दरचना छ ।

गीतको भिडियोमा नेपाली चलचित्र क्षेत्रमा नाम चलेका र अधिकांश अविवाहित कलाकारहरूले अभिनय छ । भिडियोमा दीपाश्री निरौला, प्रदीप खड्का, नाजिर हुसेन, धिरज मगर, साम्राज्ञी राज्यलक्ष्मी शाह, बेनिशा हमाल, शिल्पा मास्के फिचर्ड छन् । 

उनीहरूसँगै गीतमा सिनेमाका मुख्य कलाकारहरू निश्चल बस्नेत, स्वस्तिमा खड्का, विजय बराल र लोकेन्द्र लेखकलाई पनि देख्न सकिन्छ ।

स्वस्तिमा खड्काको कन्सेप्टमा भिडियो निश्चल बस्नेतले निर्देशन गरेका छन् ।

यो चलचित्रमा साजन काफ्ले र आकाश बरालको लेखन तथा निर्देशन छ । 

स्वस्तिमा खड्का र निश्चल बस्नेतको निर्माण रहेको सिनेमाको कार्यकारी निर्मातामा शंकर पाण्डे र फिरोज खड्का हुन् । 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार २२, २०८१  ०६:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
किन नहोस् त देश बर्बाद !
किन नहोस् त देश बर्बाद !
SubisuSubisu
Hamro patroHamro patro