site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
शिवजीको तस्बिर लिएर राहुल बोल्दा भारतको संसदमा किन भयो हंगामा ?
Siddhartha BankSiddhartha Bank

नयाँ दिल्ली । भारतको लोेकसभाको सोमबारको बैठकमा विपक्षी नेता राहुल गान्धीले शिवजीको तस्बिर देखाउँदै बोलेको विषयले त्यहाँ हंगामा मच्चिएको छ । 

राष्ट्रपति द्रौपदी मुर्मूले हालै संसदमा सम्बोधन गरेकोमा त्यसको धन्यवाद प्रस्तावका क्रममा करिब डेढ घण्टा बोलेका राहुलले शिवजीको तस्बिर देखाउँदै भनेका थिए, “शिवजी भन्छन् नडराऊ । अरुलाई पनि डर नदेखाऊ ।  अभय मुद्रा देखाउँछन् । अहिंसाको कुरा गर्छन् । तर, जो मानिस आफूलाई हिन्दू भन्छन् उनीहरु चौबीसै घण्टा घृणा, हिंसा र झूठ फैलाउँछन् ।”

Agni Group
NIC Asia

राहुल खासगरी हिन्दुवादी सत्तारुढ पार्टी भाजपामाथि प्रहार गरिरहेका थिए ।

राहुलको यो मन्तव्यलाई बीचमा रोक्दै प्रधानमन्त्री नरेन्द्र मोदीले भने, “यिनले ठूलो आरोप लगाइरहेका छन् । नेता प्रतिपक्ष हिन्दु समुदायको हिंस्रक भनिरहेका छन् ।”

Global Ime bank

यसको जवाफमा राहुलले तुरुन्तै भने, “केवल नरेन्द्र मोदी, भाजपा र आरएसएस मात्र हिन्दु समाज होइनन् । हामी सबै हिन्दु हौं ।”

भाजपाका सांसदले राहुलको मन्तव्यको बीच बीचमा कैयौं पटक आपत्ति जनाएका थिए ।  त्यसमा प्रधानमन्त्री मोदी देखि गृहमन्त्री अमित शाह र रक्षामन्त्री राजनाथ सिंहसम्म थिए । उनीहरुले पनि राहुललाई आफ्नो भनाईलाई लिएर सदनमा माफी माग्न आग्रह गरेका थिए ।

राहुलले आफ्नो मन्तव्यमा धर्म, महंगी, अग्निबीर योजना, किसानका मुद्दालगायतका विषय जोडदार रुपमा उठाएका थिए । संसदमा नभएका विदेशमन्त्री एस जय शंकरले चाहिं एक्स मार्फत राहुलको भनाईमा प्रतिक्रिया जनाएका छन् । 

उनले भनेका छन्, “यी नेता प्रतिपक्ष हुन् । जो भाइचाराका कुरा गर्छन् र हिन्दुमाथि हमला गर्छन् । जो भारतीय सेनाको कल्याणलाई लिएर चिन्ता व्यक्त गर्दछन् । उनीहरुको बहादुरीको अपमान गर्दछन् । जो संविधानको सम्मानको ज्ञान दिन्छन् र स्वयम् क्याबिनेटको फैसलालाई च्यात्छन् । कांग्रेसको राजनीतिमा तपाईंलाई स्वागत छ ।”
(बीबीसी)
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  ०९:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय