site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
भीमले पारालिम्पिक खेल्ने 
Siddhartha BankSiddhartha Bank

काठमाडौं । पारा पौडी खेलाडी भीमबहादुर कुमालले फ्रान्समा हुने पेरिस २०२४ पारालिम्पिकमा प्रतिस्पर्धा गर्ने भएका छन् । 

विश्व पारा पौडीबाट ‘बिपरटाइट स्लोट्स’ प्राप्त भएसँगै भीमको पारालिम्पिक सहभागिता निश्चित भएको राष्ट्रिय पारा पौडी संघ नेपालका अध्यक्ष सरोज श्रेष्ठले बताए । भीमले पुरुष ५० मिटर फ्रि स्टायलमा प्रतिस्पर्धा गर्नेछन् । यो स्पर्धामा उनकै नाममा ३५.०१ सेकेन्डको राष्ट्रिय कीर्तिमान छ । गोरखाको नारेश्वर बेनीखोला निवासी ४१ वर्षीय भीमले आफ्नो करिअरमा चार अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका छन् । 

Agni Group
NIC Asia

उनले चीनको हाङझावमा भएको चौथो एसियाली पारा खेलकुद, इन्डोनेसियामा भएको तेस्रो एसियाली पारा खेलकुद तथा सन् २०१९ मा लन्डनमा भएको विश्व पारा पौडी प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेका थिए । उनले पछिल्लोपटक खेलको प्रतियोगिता विश्व पारा पौडी सिरिज हो । जुन पारालिम्पिक छनोटको आधार समेत थियो ।

सिंगापुरमा मे १७ देखि १९ सम्म भएको यही प्रतियोगितामा भीमले ५० मिटर फ्रि स्टायलमा राष्ट्रिय कीर्तिमान बनाएका थिए । भीम एम्पुटी फुटबलका पनि खेलाडी हुन् । भीमले पारालिम्पिकका लागि कालोपुलस्थित वेस्ट भेन्युमा तयारी प्रशिक्षण गरिरहेका छन् । उनलाई विजेनमान श्रेष्ठले प्रशिक्षण दिइरहेका छन् ।

Global Ime bank

भीमले पारालिम्पिक जस्तो ठूलो प्रतियोगिताका लागि छनोट भएकोमा खुसी व्यक्त गर्दै मेहनतको फल प्राप्त भएको प्रतिक्रिया दिए । “पारालिम्पिक जस्तो ठूलो प्रतियोगिताका छनोट भएकोमा एकदमै खुसी लागेको छ । यसको लागि धेरै दुःख र मेहनत गरेको थिए । मेहनतको फल प्राप्त भएको अनुभूति भइरहेको छ,” भीमले भने । 

अध्यक्ष श्रेष्ठ भीमको सहभागिताका लागि संघले पनि धेरै पहल गरेको बताउँदै संघको प्रयास सफल बनाउन सहयोग गर्ने सम्बन्धित सम्पूर्णलाई धन्यवाद दिए । भीमसहित पेरिस पारालिम्पिकमा हालसम्म तीन खेलाडीको सहभागिता निश्चित भइसकेको छ । यसअघि तेक्वान्दोका पलेशा गोवर्धन र भरतसिंह महता छनोट भइसकेका छन् । पलेशाले भने छनोट चरण पार गर्दै पेरिस पालिलम्पिकमा स्थान सुरक्षित गरेकी हुन् । भरतले वाइल्ड कार्ड पाएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार १७, २०८१  १२:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय