site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
बाइडेनले भने– जेट ल्यागका कारण डिबेटमा कमजोरी भयो
Siddhartha BankSiddhartha Bank

वाशिङटन । अमेरिकाका राष्ट्रपति जो बाइडेनले गएको बिहीबारको टेलिभिजन डिबेटमा कमजोरी हुनुको कारण ‘जेट ल्याग’ भएको बताएका छन् । उनले आफू उक्त डिबेटमा स्मार्ट नदेखिएको पनि स्वीकारेका छन् ।

उक्त कार्यक्रमअघि आफू धेरैपटक विश्वको भ्रमणमा निस्केको उनले बताएका छन् । “मैले मेरा स्टाफको कुरा सुनिनँ । त्यतिबेला म झण्डै स्टेजमा सुतेको थिएँ,” उनले भनेका छन् ।

Agni Group
NIC Asia

८१ वर्षिय बाइडेन २७ जुनको डिबेटभन्दा करिब दुई साताअघि १५ जुनमा युरोप यात्राबाट स्वदेश फर्केका थिए । मानसिक रूपमा फिट नभएको भन्दै आफ्नै डेमोक्रेटिक पार्टीभित्र आलोचना हुन थालेपछि उनले यस्तो बताएका हुन् ।

टेक्सासका कंग्रेसम्यान लिओइड डग्गेटले मंगलबार राष्ट्रपतितर्फ इंगित गर्दै भनेका थिए, “म आशावादी छु कि उमेदवारी फिर्ता गर्ने दुखदायी र कठिन निर्णय उहाँले गर्नुहुनेछ ।” 

Global Ime bank

उनले यात्राका कारण जेट ल्याग (विमानको लामो यात्राका कारण हुने थकान) भएको कुरा मंगलबार साँझ भर्जिनियामा आयोजित एक फन्ड रेजिङ कार्यक्रममा बताएका हुन् । उनले सो अवसरमा आफ्नो कमजोर प्रस्तुतिलाई लिएर क्षमायाचना समेत गरेको एबीसी न्यूजले जनाएको छ । उनी गत महिना दुई साता युरोपको दुई अलग भ्रमणमा गएका थिए । बीबीसी 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार १९, २०८१  १०:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu