विदेश
कोलम्बो । श्रीलंकाका तमिल अल्पसंख्यकको आवाज बनेका नेता तथा सांसद राजावरोधियम संपथनको ९१ वर्षको उमेरमा निधन भएको छ ।
पेसाले वकिल रहेका उनी श्रीलंकाको इतिहासमा सबैभन्दा लामो समय सांसद भएका नेताको रूपमा समेत चिनिन्थे । उनी तमिल नेसनल अलायन्सका अध्यक्षको रूपमा समेत २३ वर्षदेखि कार्यरत थिए ।
२००९ मा पृथकतावादी समूह तमिल टाइगर अन्त्य भएपछि तमिल समुदायका लागि समान अधिकारको माग उनले गरेका थिए । उनी सन् २०१५ मा श्रीलंकाको विपक्षी दलको नेता समेत भएका थिए ।
बीबीसी
प्रकाशित मिति: सोमबार, असार १७, २०८१ ११:४८
प्रतिक्रिया दिनुहोस्