site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
को हुन् बाइडेनको विकल्पमा चर्चामा ल्याइएका ग्याभिन ?
Siddhartha BankSiddhartha Bank

क्यालिफोर्निया । अमेरिकाको राष्ट्रपति निर्वाचनमा डेमोक्रेटिक पार्टीबाट अहिले ग्याभिन क्रिस्टोफर न्युसमको नाम चर्चामा छ । राष्ट्रपतिको उमेदवारहरूबीच बिहीबारको डिबेटमा राष्ट्रपति जो बाइडेन कमजोर भएपछि उनको विकल्पमा भन्दै ग्याभिनको नाम चर्चामा आएको हो । 

यद्यपि, उनी राष्ट्रपतिका लागि बाइडेनले आफ्नो उमेदवारी छोडेको अवस्थामा र पार्टीले तोकेमा मात्र उमेदवार बन्न सक्नेछन् । पछिल्लो डिबेटमा बाइडेनपछि परे पनि ग्याभिनले भने उनको समर्थन गरेका थिए । उनको नाम मिडियामा बाइडेको विकल्पको रूपमा पहिलो नम्बरमा चर्चामा छ ।

सन् १९६७ को अक्टोबर १० मा जन्मेका ५६ वर्षिय ग्याभिन २०१९ देखि क्यालिफोर्नियाको ४० औं गभर्नरको रूपमा कार्यरत छन् । उनी यसअघि २०११ देखि २०१९ सम्म क्यालिफोर्नियाको ४९ औं लेफ्टिनेन्ट गभर्नर र त्योभन्दा अघि २००४ देखि २०११ सम्म सान फ्रान्सिस्कोका ४२ औं मेयर पनि भएका थिए । 

Agni Group
NIC Asia

सान्ता क्लारा युनिभर्सिटीबाट सन् १९८९मा ग्राजुएसन गरेका उनले १९९१मा बुटिक वाइनरी प्लम्प ज्याक ग्रुप अर्का व्यक्ति गोर्डन ग्रेटीसँग मिलेर स्थापना गरेका थिए । 

उक्त कम्पनीले अन्य रेस्टुरेन्ट, होटेल समेत २३ बिजनेसको नेतृत्व गर्छ । उनी भने १९९६मा राजनीतिमा लागेका हुन् । सुरुमा उनलाई सान फ्रान्सिस्कोका मेयर विली ब्राउनले सहरको पार्किङ एण्ड ट्राफिक कमिसनमा नियुक्त गरेका थिए । सन् २००३ मा उनी सोही नगरको मेयरमा निर्वाचित भएका हुन् ।
 
उनका पिता विलियम अल्प्रेड न्युसम तृतीय स्टेट अपिल कोर्टका न्यायाधीश हुन् । ग्याभिन तीन वर्षको हुँदा उनकी आमा टेस्सा थोमससँग पिताको डिभोर्स भएको थियो । 

Global Ime bank

ग्याभिनले पनि सुरुमा डिस्टिक्ट एटर्नी किम्बर्ली गुइलफोइलसँग विवाह गरेकोमा दुई वर्षपछि डिभोर्स भएको थियो । अहिलेकी पत्नी जेनिफर साइबेलसँग उनले पछि विवाह गरे । उनीहरूका चार छोराछोरी छन् । उनी क्यालिफोर्नियामा होमलेस बढी भएको, ड्रग धेरै कारोबार भइरहेको र ट्याक्सको बृद्धिलाई लिएर केही आलोचना पनि हुने गरेको छ ।

उनको डोनाल्ड ट्रम्पसँग अनौठो लिंक छ । किनकी उनकी पहिलो पत्नी डोनाल्ड ट्रम्प जुनियरसँग हाल इन्गेज छन् । उनको पूर्वसभामुख तथा डेमोक्रेटिक नेता नान्सी पेलोसीसँग पनि टाढाको नाता पर्ने जनाइएको छ । 

उनी सानामा डिस्लेक्सिया अर्थात् लर्निङ डिस्अर्डर रोगबाट पीडित भए पनि पछि सुधार भएको थियो ।

(स्काइ न्यूज तथा अन्य एजेन्सी)

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार १७, २०८१  १०:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय