site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
यी नदीमा आकस्मिक बाढीको जोखिम, उच्च सतर्क रहन आग्रह 
फाइल तस्बिर । 
Siddhartha BankSiddhartha Bank

काठमाडौं । देशका केही भू–भागमा भारी तथा धेरै भारी वर्षाको सम्भावना रहेकाले बाढीको जोखिम रहेको छ । आज र भोलि कालिगण्डकी, सेती र यसका सहायक नदीहरूमा जलसतह सतर्कता तह आसपास पुग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

नारायणी नदीका अन्य सहायक नदीहरूमा वहाब उल्लेख्य बढ्ने पूर्वानुमान रहेकाले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

पर्वत, स्याङजा, गुल्मी, बाग्लुङ, सुर्खेत र आसपासका जिल्ला भएर बहने अधिकांश स–साना नदीहरुमा आब बहाव बढ्ने तथा केही स–सान नदीमा आकस्मिक बाढीको उच्च जोखिम रहेको विभागको भनाइ छ । यी जिल्ला भएर बग्ने नदी तथा खोलाका तटीय क्षेत्रमा अति उच्च सावधानी उपनाउन विभागको आग्रह छ । 

इलाम, पाँचथर, भोजपुर, उदयपुर, ओखलढुंगा, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, चितवन, लमजुङ, तनहुँ, कास्की, म्याग्दी, नवलपरासी, पाल्पा, रुपन्देही जिल्ला भएर बग्ने नदी तथा खोलामा पनि बहाव बढ्नेछ । 

Global Ime bank

कपिलवस्तु, अर्घाखाँची, दाङ, प्यूठान, रोल्पा, सल्यान, बाँके, बर्दिया, सल्यान, दैलेख, कैलाली, कन्चनपुर, डोटी, डडेल्धुरा र आसपासका जिल्ला भएर बहने स–साना नदी तथा खोलामा पनि बहाव बढ्ने तथा आकस्मिक बाढीको जोखिम रहने विभागको पूर्वानुमान छ । त्यसैले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन विवभागले सचेत गराएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार १५, २०८१  ०९:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय