site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
बाढीपहिरोबाट भएको क्षतिबारे सांसद्ले गराए सरकारको ध्यानाकर्षण 
फाइल तस्बिर

काठमाडौं । प्रतिनिधिसभा बैठकमा बाढीपहिरोबाट भएका क्षतिबारे सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा सांसदहरूले बाढीपहिरोका कारण जनधनको क्षति भएको, सवारी आवगमनमा समस्या भएको विषय उठाएका हुन् । उनीहरूले घाइतेहरूको उपचार र मृतकका परिवारलाई राहत तुरून्त उपलब्ध गराउन गृह मन्त्रालयको ध्यानाकर्षण गराए । 

आकस्मिक समयमा बोल्दै सांसद इश्वरीदेवी न्यौपानेले मनसुनको पानी किसानको लागि अमृत बराबर हुने बताइन् । तर, बाढीपहिरो चट्याङलगायतका कारण ज्यान गुमाउने जनताको संख्या बढिरहेको भन्दै सरकारको ध्यानाकर्षण गराइन् । 

“मनसुनको पर्खाइमा किसानको आँखा आकाशमा हुन्छ । यो पानी अमृत बरबर हुन्छ, जसले वर्षभरि खाद्यान्नको जोहो हुन्छ,” उनले भनिन्, “मेरो निर्वाचन क्षेत्रमा हिजोमात्र जयराम चौधरी र शालिन चौधरीले चट्याङ लागेर ज्यान गुमाए । उनीहरू खेतमा काम गर्न गएका थिए । किसान खेतमा नगएर पनि हुँदैन, सरकारको ध्यानाकर्षण होस् घाइतेलाई उपचार र राहत तथा मृतक परिवार राहत उपलब्ध गराइयोस् ।”

Dabur Nepal
NIC Asia

यस्तै सांसद मानवीर राईले असार ११ र १२ को वर्षको कारणले जनधनको क्षति भएको बताए । जसको असर सोलुुखुम्बुको सदरमुकाम सल्लेरीबाट खुम्बुक्षेत्र जाने बाटोमा परेको उनले बताए । पहिरोका कारण जिल्लाको विभिन्न पालिकामा घर बगाएर जनधनको क्षति भएकोमा उनले सरकारको ध्यानाकर्षण गराए । 

आकस्मिक समयमा बोलेका सांसद अमनलाल मोदीले पनि देशभर बाढीपहिरोका कारण जनधनको क्षति भएको भन्दै सदनमा डिग हानेर बस्नेभन्दा सरकार उद्धार कार्यमा लाग्नुपर्ने बताए । उनले विराटनगर महानगरपालिका जलमग्न भएको तथा बाढीले कुनै किसिमको आवागमन गर्ने स्थिति नभएको भन्दै चाँडै उद्धार गर्ने ध्यान कसैको नगएकोमा आपत्ति जनाए । 

“सरकारलाई विशेष ध्यानाकर्षण गराउन चाहन्छु, कुराले चिउरा भिज्दैन, दही नै चाहिन्छ । यहाँ ठूलाठूला कुरा गएर भएन । तुरुन्त उद्धार गर्नुपर्छ पर्छ, मान्छे बस्ने स्थिति छैन,” उनले भने । 

सांसद रामहरि खतिवडाले पनि ओखलढुंगाको विभिन्न गाउँपालिकामा पहिरो गएका कारण जनधनको क्षति भएको बताए । पहिरोका कारण देवकुमारी खत्रीको मृत्यु भएको तथा बाबुराम, मनुका, नवराज खत्रीको जसोतसो उद्धार गरेर उपचार भइरहेको उनले बताए । 

साथै उनले बाढीपहिरोका कारण जनधन मात्र नभइ बाटोघाटो, खानेपानी, विद्युत् लाइनमा असर गरेकोमा पनि सरकारको ध्यानाकर्षण गराए । 

सांसद खतिवडाले गत वर्षको बाढीपहिरोका कारण जिल्लामा भएको क्षतिबारे गृह मन्त्रालयको विपद् प्राधिकरणमा फाइल आए पनि त्यसको बेवास्ता भएको उल्लेख गरे । “विपद्का फाइल गृह मन्त्रालयमा थन्केर बसेका छन् । गृहमन्त्रीज्यू तपाईं फाइल धेरै हेरिरहनुभएको छ । कमसेकम विपद्‌मा परेका फाइल जनतालाई राहत र पुनर्स्थापना दिने फाइलमा पनि गृहमन्त्रीको ध्यान जाओस्,” उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार १३, २०८१  १२:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro