site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
खेल
Global Ime bankGlobal Ime bank
गिरिजाप्रसाद कोइराला स्मृति पुरुष हक्कीमा आर्मीलाई उपाधि
SkywellSkywell

काठमाडौं । नेपाल आर्मीले पाँचौँ गिरिजाप्रसाद कोइराला स्मृति राष्ट्रिय पुरुष हक्की प्रतियोगताको उपाधि जितेको  छ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा बुधबार भएको फाइनलमा आर्मीले नेपाल प्रहरी क्लबलाई ५–१ गोल अन्तरले पराजित गरेको हो ।

आर्मीका प्रदीप राजवंशीले चार गोल गरे । अर्को गोल दीपेन्द्र ऐरले थपे । प्रहरीका रोमन रानाले सात्वना गोल फर्काए ।

Dabur Nepal
NIC Asia

आर्मीका मनोज चौधरी फाइनल खेलको ‘प्लेयर अफ द म्याच’ घोषित भए । उपाधिसँगै आर्मीले ५० हजार नगद पुरस्कार पायो । प्रहरीले ३० हजार नगद पुरस्कार हात पार्‍यो ।

नेपाल हक्की संघद्वारा आयोजित प्रतियोगितामा गण्डकी प्रदेशले कर्णाली प्रदेशलाई ७–१ गोलले हराउँदै तेस्रो भयो । गण्डकीका लागि ‘प्लेयर अफ द म्याच’ असिम बाहेकले ह्याट्रिक गरे भने प्रेम बिकले दुई तथा कुशल नेपाली र पवन परियारले समान एक गोल गर्दै जित अन्तर फराकिलो बनाए । गण्डकीले १५ हजार नगद पुरस्कार प्राप्त गर्‍यो ।

प्रतियोगितामा दीपेन्द्र ऐर उत्कृष्ट खेलाडी, पुरन ओली उत्कृष्ट गोल रक्षक र रोशन चौधरी उत्कृष्ट डिफेन्डर घोषित भए भने प्रदीप राजवंशी सर्वाधिक गोलकर्ता बने । उत्कृष्ट चारै आर्मीका हुन् । कर्णालीका सुशान्त रोकाया उदीयमान खेलाडी चुनिए । पाँचैले जनही ५ हजार नगद पुरस्कार प्राप्त गरे । 

विजेतालाई गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दुकुमार थापा, पूर्व सभासद शारदा पौडेल, प्रदेश खेलकुद परिषद्, गण्डकीका सदस्य–सचिव श्रीधर शर्मा, नेपाल लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष देवेन्द्र शेरचन, नेपाल हक्की संघका अध्यक्ष अनिलप्रसाद शर्मालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

तीनदिने प्रतियोगितामा दुई विभागीय र ६ प्रदेश गरी ८ टिमको सहभागिता रहेको आयोजक हक्की संघकी महासचिव सुवर्ण श्रेष्ठले जनाए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार १२, २०८१  २२:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro