site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
सिस्नेरी पहिरोमा परेका ६ खेलाडीकै मृत्यु

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)अन्तर्गत मकवानपुरको सिस्नेरीमा खसेको पहिरोमा परेका ६ जना खेलाडीकै मृत्यु भएको जनाएको छ ।

शुक्रबार राति एक विज्ञप्तिमार्फत एन्फाले मकवानपुरस्थित इन्द्रसरोवर गाउँपालिकाको श्री वात्सल्यदेवी उच्च माध्यमिक विद्यायलमा सञ्चालित एन्फा एकेडेमीका ६ खेलाडीको निधन भएको जनाएको हो ।

Dabur Nepal
NIC Asia

ज्यान गुमाउनेमा दिवश बाँनिया, प्रियान्स आचार्य, अनुपम घलान, साइमन योञ्जन, विकल रेग्मी र आदित्य बलम्पाखी रहेको एन्फाले जनाएको छ ।

एन्फाका अनुसार, शुक्रबार बिहान ६ः३० बजे सुरक्षित स्थानमा सार्ने क्रममा ६ खेलाडी पहिरोमा परेका थिए । मृतक सबै खेलाडीको शव हाल त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।

एन्फाले एकेडेमी बाँकी खेलाडीलाई हाल सातदोबाटोस्थित एन्फा मुख्यालयमा रहेको एकेडेमीमा राखेको छ । केही खेलाडीलाई भने अभिभावकको जिम्मा लगाइसकेको एन्फाले जनाएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज १२, २०८१  २२:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro