site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
खेल
Global Ime bankGlobal Ime bank
पराग्वेविरुद्ध कोलम्बियाको जित, ब्राजिल रोकियो 
SkywellSkywell

काठमाडौं । कोपा अमेरिका–२०२४ कोलम्बियाले पराग्वेविरुद्ध २–१ को जित निकालेको छ । मंगलबार अमेरिकाको एनआरजी रंगशालामा भएको खेलमा कोलम्बियालाई जित दिलाउन ड्यानियल मुनोज र जेफेरसन लेर्माले गोल गरे । 

पराग्वेका जुलियो एन्सिासोले गोल फर्काए पनि टिमलाई हारबाट जोगाउन भने सकेनन् । खेलको ३२औँ मिनेटमा मुनोजको गोलमा कोलम्बियाले अग्रता बनाएको थियो । ४२औँ मिनेटमा लेर्माले गोल गरेपछि कोलम्बियाले पहिलो हाफमा २–० को अग्रता बनाएको थियो । 

Dabur Nepal
NIC Asia

६९औँ मिनेटमा एन्सिसोले गोल फर्काए पनि पराग्वेको हार टार्न भने सकेनन् । जितसँगै समूह ‘डी’ मा पहिलो खेलबाट तीन अंक जोडेको कोलम्बिया तालिकाको शीर्ष स्थानमा छ । पहिलो खेलमै हार बेहोरेको पराग्वे तालिकाको पुछारमा छ । 

मंगलबार नै भएको यसै समूहको अर्को खेलमा पाँचपटकको विश्वकप विजेता ब्राजिलले कोस्टा रिकासँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको छ । समूहमा एक अंक जोडेको ब्राजिल तालिकाको दोस्रो र कोस्टा रिका तेस्रो स्थानमा छन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार ११, २०८१  ११:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro