राजनीति

काठमाडौं । प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदले मंगलबार (असार ३) गलामा निलो रिबन पहिरिएका छन् । निलो रिबन भिरेर उनीहरू संसद् पुगेका हुन् ।
आफूहरूले संघीय सदनमा निलो रिबन लगाएर ‘मानव तस्करी’को विरोध गरेको सांसद एवं रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले बताएका छन् ।
मानव तस्करीविरुद्धको अभियानलाई विश्वव्यापी रूपमा ‘निलो रिबन’को प्रतीकले जनाउने उनको भनाइ छ ।
प्रकाशित मिति: मंगलबार, असार ३, २०८२ १३:४६
प्रतिक्रिया दिनुहोस्