site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
तेस्रो डुंगा दौड प्रतियोगितामा सुनसरी प्रथम
SkywellSkywell

रामेछाप । तेस्रो राष्ट्रिय माझी डुंगा दौड प्रतियोगितामा सुनसरी प्रथम भएको छ । रामेछापको मन्थली नगरपालिकास्थित सेलेघाटमा सोमबार सम्पन्न उक्त प्रतियोगिताको ‘सिंगल’ विधातर्फ सुनसरीका चन्द्र माझी र जीवन माझीले तीन मिनेट तीन सेकेण्डमा डुंगालाई नदी वारपार गराई प्रथम भएका हुन् । 

तीन मिनेट १२ सेकेण्डमा ओखलढुंगाका कमल माझी र कुशल माझीले द्वितीय, तीन मिनेट १६ सेकेन्डमा रामेछाप मसानटारका सुनिल माझी र उर्बे माझीले तृतीय र तीन मिनेट २४ सेकेण्डमा नदी वारपार गरी  सिन्धुली खांङका पेशल माझी र डिल्ले माझीले सान्त्वना पुरस्कार प्राप्त गरे ।  

Dabur Nepal
NIC Asia

‘डवल’ विधातर्फ दुई मिनेट ४४ सेकेण्डमा सुनसरीको समूह प्रथम, दुई मिनेट ५० सेकेण्डमा रामेछाप राताटारको समूह द्वितीय, दुई मिनेट ५१ सेकेण्डमा ओखलढुंगाले तृतीय र सुनसरी ‘ए’ले दुई मिनेट ५३ सेकेण्डमा नदी वारपार गरी सान्त्वना स्थान हासिल गरेको थियो । 

प्रतिस्पर्धाका आधारमा डुंगालाई सेलेघाटस्थित तीन नदीको संगम त्रीवेणीको वारि किनारबाट पारि पुर्याई पुनः वारि नै ल्याउनुपर्ने प्रावधान थियो । माझी समुदायको परम्परागत पेसाका रूपमा पहिचान बनाएको डुंगा व्यवसायलाई राष्ट्रिय खेलकुद परिषद्ले राष्ट्रिय खेलका रूपमा मान्यता दिएसँगै हरेक वर्ष  प्रतियोगिताको आयोजना हुँदै आएको छ । रासस
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार ११, २०८१  ०८:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro